जुम्लाका ४हजार चार सय २० वालवालिकालाइ टाईफाईड रोग बिरुद्धको खोप लगाईने

जुम्ला ः जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुने भएको छ । जुम्लाका झण्डै ४२ हजार चार सय २० बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईने भएको हो । खोप अभियान यहि चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म सञ्चालन ह्ने भए भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने जुम्लाको एक नगरपालिका सहित आठ वटै स्थानीयतहमा १५ महिना देखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको (टीसिभी) खोप लगाईने छ । उनका अनुसार टाईफाईड विरुद्धको रोगलाई शुन्यमा झार्नका लागी नेपाल सरकारको लक्ष्य अनुसार खोप लगाइदै छ ।

प्रमुख सावकोटाले भने,जुम्लामा टाइफाइड रोग बढ्दो क्रममा छ । यस रोग विरुद्ध खोप अभियान देशभर सञ्चालन गर्न थालिएको हो । उनले भने जुम्लालाई पुर्ण खोपको सुश्चिता गर्न,खोप कभरेज ९५ प्रतिशत पुरा गरेको हुनु पर्नेछ । यसका लागी पनी अभियानकै रुपमा खोप दिन थालिएको होे ।

प्रमुख सापकोटाले भने,‘कार्यपत्रमा “टाइफाइड दुषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत बैशाखमा धुलो धुवाँ बढ्ने,गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।”
१ सय ९१ जनाको खोप टोली परिचालन गरिने
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ । जसमा चन्दननाथका ८ हजार ५ सय ७५,कनकासुन्दरीका ४ हजार २ सय ६०, गुठिचौैरका २ हजार ७ सय ६,तातोपानीका ५ हजार ३ सय ६८ बालबालिकालाई खोप लगाइने छ ।

त्यस्तै,तिलाका ५ हजार ९ सय ६७, पातारासीका ५ हजार ३ सय ४ सिंजाका ४ हजार ७ सय ७४ र हिमाका ५ हजार ४ सय ६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्षमुनीका ४२ हजार ४ सय २० जना बालिबालाई टाइफाइड विरुद्धको खोप लगाइने कार्यालयले जनाएको छ ।
जुम्ला प्रदेश (ख)मा चैत २५ देखि ३० र प्रदेश (क) मा २०७९ बैशाख २ देखि ७ गते सम्म दुईचरणमा खोप अभियान सञ्चालन गरिने छ ।
जुम्लामा चार वर्षको अवधिमा ३५ सय टाइफाइडका विरामी

जुम्लामा चार वर्ष यता उपचार गराउनेको संख्या हेर्दा ३५ टाइफाईडका बिरामी रहेका छन । दुषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका विरामी जुम्लामा बढ्दै गएको स्वाथ्यक्षेत्रको तथ्यांकले देखाएको हो ।ज्वरो आउने,टाउँको दुख्ने,पेट दुख्ने,आद्रामा समस्या आउने, समयमै उपचार नगरे ज्यान समेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिना माथि र १५ वर्ष मुनीका सबै बालिबालिकाई अनिवार्य खोपको पहुँचका ल्याईने छ ।

सरकारको तथ्यांक अनुसार बितेको पाँच वर्षमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाईफाईडका कारण विरामी भएको पाइएको छ । भने, बितेको चार वर्षमा जुम्लाका ३५ सय बढी बालबालिका टाइफाइडका विरामी भेटिएका छन् ।
जस अन्तरर्गत जुम्लामा आ.व. २०७५÷७६ मा ९ सय ७८ जना, आ.व. २०७६÷७७ मा १ हजार १ सय ५८ जना, आ.व.२०७७÷७८ मा ८ सय ७९ जना र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जुम्लाका ३ हजार ५ सय ९७ जना नागरिक टाइफाइडका विरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लाल बहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले खोप अभियानबाट बालबालिका नछुट्ने गरी खोप दिन अनुरोध गरे ।सबै बालबालिका विद्यालयमै नभेटिने भएकोले खोप अभियानलाई घरदैलो केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ । टाइफाइड विरुद्धको खोप अभियान प्रभावकारी बनाउनका लागी जुम्लामा जिल्ला खोप समन्वय समिति र पत्रकारहरु विच अन्तरक्रिया गरिएको छ ।


error: Alert: Content is protected !!