जुम्लामा उत्पादनमुखी नीति र बजेट आबश्यक छ ः सह–सचिव कार्की

जुम्ला ः उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव गोविन्द कार्कीले निर्यात प्रर्बद्धनका लागि तीनै तहका सरकारले उत्पादनमुखी नीति र बजेट निर्माणमा जोड दिनुपर्ने बताए ।डब्लुटिओको सदस्य भएको १८ वर्ष सम्म पनि नेपालको निर्यात तथा अन्तराष्ट्यि बजारीकरण सन्तोषजन नभएकोले उत्पादनबृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ ।
जुम्लामा उत्पादन हुने स्याउ,सिमि,ओखर,मार्सी चामलको उत्पादकत्व बढाउन लगानी पनि बढाउनु आबश्यक रहेकोले बजेटमा कृषि,उद्योग,व्यापार व्यवसायलाई प्रथामिकता दिनुपर्नेमा जोड दिएका हुन । उनले भने,“नेपाली उत्पादनले अहिलनै अन्तराष्ट्यि बजारको माग धान्ने स्थिती छैन् ।

उत्पादनबृद्धिमा साँच्चै सरकारी लगानी न्युन छ ।भने,निर्यातको झन्झटिलो नीति संशोधनको बहस भईरहेको छ । जुम्लाका उद्योगी व्यवसायीका सुझाब कार्यान्वयनमा पहल गर्छु ।”अन्तराष्ट्यि निर्यात मात्र नभई अन्तर प्रदेश र अन्तर जिल्लाको निर्यात प्रर्बद्धनको नीति निर्माणमा पनि जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीको भनाई छ । कर्णालीको जडिबुटी प्रशोधन तथा स्याउ,सिमि,ओखर मार्सीको उत्पादन बढाई निर्यातमा जोड दिन कर्णाली सरकारले विशेष लगानी गर्नुपर्नेमा उल्लेख गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले उद्योगी व्यवसायीका समस्यालाई समधान गर्न सरकार गम्भीर हुनुपर्ने बतइन । उत्पादन र बजारीकरणको समस्या समधानमा नीजि क्षेत्र तथा सरकार बीच समन्वय हुन जरुरी रहेको उनको भनाई छ । त्यस्तै कृषि विकास कार्यालयका प्रमुख गणेश रोकाया,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोले अनुदानमुखी किसान र उद्योगीलाई निरुत्साहित नगरी उत्पादन बृद्धि नहुने भएकोले अनुगमन निरिक्षण तथा नियमनमा कडाइ गर्न सुझाब दिएका छन ।

मुलुकको आर्थिक समृद्धीका लागि उत्पादन बृद्धि र निर्यात प्रर्बद्धनको विकल्प छैन् । तर सरकारी नीतिकै बाधा अड्चनले नेपालको निर्यात प्रर्बद्धन निकै कमजोर देखिन्छ । विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्यता लिएको झण्डै १८ वर्ष पुरा भइसक्दा पनि नेपालको अन्तराष्ट्यि व्यापारमा अपेक्षित उपलब्धी हुन सकेको छैन् ।

उत्पादन र उत्पादकत्व बृद्धि नहुनु,निर्यात प्रर्बद्धनको ठोस नीति नबन्नु,उद्यमशीलताको विकास नहुनु,यूवा पलायन बढ्नु,सहुलियत कर्जा नपाउनु,आन्तरिक बाह्य लगानी नजुट्नु लगायतका कारणले नेपालमा आयात प्रतिस्थापन चुनौतीपुर्ण बन्दै गएको छ ।

मुलुकको आर्थिक समृद्धीका लागि निर्यात प्रर्बद्धन, माग अनुसारको उत्पादन बृद्धिका लागि तीनै तहका सरकारको ठोस नीति बनाउनु पर्नेमा जुम्लाका उद्योगी व्यवसायीले जोड दिएका छन् ।जुम्लामा आयोजित विश्व व्यापारको स्थानीकीकरण तथा निर्यात प्रर्बद्धन सम्बन्धी अन्तरक्रियामा सहभागी जुम्लाका अगुवा किसान,उद्योगी,व्यवसायीले निर्यात बढाउने लक्ष्य राख्नु पहिले उत्पादन बढाउन तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।

जुम्लाको स्याउ,सिमि,ओखर,मार्सी चामल लगायतका बालीको विश्व बजारमा माग भएपनि उत्पादन बृद्धि तथा निर्यातको सहज वाताबरण नहुँदा सम्भवाना भएरपनि जुम्लाको आर्थिक समृद्धी हुन नसकेको अगुवा किसान रामकृष्ण बुढ्थापाले बताए ।
कृषि मैत्री नीति र लगानीको अभावले कर्णालीको ८२ हजार हेक्टर जमिन बाँझो छ । उहाँले भन्नुभयो,“संघियतापछि पनि व्यापार व्यवसाय,उद्यमशीलता गर्ने अनूकुल वाताबरण छैन् । सहुलियत ऋण देखि अनुदानमा विचौलियाकै हालीमुहाली छ । उर्वभर भुमि भएर पनि उत्पादन बृद्धि हुन सकेको छैन् । उत्पादित बस्तुको बजारीकरण र निर्यात प्रर्बद्धनमा उत्तिकै समस्या छ । मुलुकको आर्थिक समृद्धीका लागि उत्पादन बृद्धिमा लगानी र निर्यात प्रर्बद्धनमैत्री नीति निर्माणमा जोड दिनुपर्छ ।”
त्यस्तै क्षेत्रिय होटल संघका अध्यक्ष दिल बहादुर महतले विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताए । उनले माग बढ्दै गएपनि उत्पादन घट्दै गएको जुम्ली स्याउ,सिमि,ओखर मार्सी चालमको उत्पादन बृद्धिमा सरकारको लगानी आबश्यक छ ।