भोटे जातिको संस्कृति संरक्षण गर्न गोठीचौरको मणिसाघुमा प्रथम भोटे मेला हुने

जुम्ला ःशुक्रबार नेपाल भोटे जनजाति सेवा संघ जुम्लाले शुभकामना आदानप्रदान गरेको छ। ग्याल्बो ल्होसारको पुर्वसन्ध्यामा २०७८ सालको शुभकामना आदानप्रदान गरिएको हो । यहीँ चैत १८ गते भोटे जनजाति सेवा संघको प्रथम भेला हुने छ। गुठिचौर गाउँपालिकाको आर्थिक सहयोग तथा भोटे जनजाति सेवा संघको आयोजनामा रहेको थियो । भोटे जातिका नारा सस्कृति सरंक्षणमा हाम्रो अभिभारा भन्ने मुल नारा राखिएको छ। कार्यक्रममा बोल्दै समन्वय प्रमुख लालबहादुर सार्कीले आफ्नो सस्कृतिको पहिचानको झल्को दिनु राम्रो कुरा भएको बताए ।राज्यले विभिन्न हकअधिकारमा समावेशीकरण गरेको उनको भनाइ छ।

नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष विरबहादुर कुवरले जनजातिको लगायतको हकअधिकारको सुनिश्चितता माओवादीले गरेको टिप्पणी गरे । हरेक क्षेत्रमा पछाडी परेका जनजाति लगायतका नेपाली जनताको हकहितका लागि विरुद्ध १० वर्षे जनयुद्ध गर्नु परेको बताए ।यसरी सबै भोटे समुदायले एकताको सन्देश दिनु राम्रो कुरा हो ।नेकपा समाजवादीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले आफ्नो हकहितका लागि समयमै सचेत हुनुपर्ने बताए ।अधिकार कसैले सजिलै दिदैन। सस्कृति बचाउनु संरक्षण गर्नु मात्रै ठूलो कुरा होइन। अस्तित्व कायम गर्न सक्नु राम्रो हो । नेमकिपाकाका जिल्ला उपाध्यक्ष राजेश्वर देवकोटाले आकार सानो भए पनि दिल ठुलो आवश्यकता हुन्छ । आफ्नो मौलिकता,रहनसहन,सस्कृति र संरक्षण गर्नु राज्यको दायित्व भित्र पर्छ। आफ्नो पहिचानको बचाउ गर्न सबैको अपरिहार्यता छ।राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाका प्रतिनिधि अनुप थापाले भोटे जनजातिको नेतृत्व राम्रो ल्याउन सुझाव दिए। हरेक क्षेत्रमा हकअधिकार बारेमा बोल्न सक्ने व्यक्ती आवश्यकता छ।
व्यक्ति राम्रो भए सस्थाको विकास हुन्छ । सबैको हित हुन्छ ।

गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले भोटे जातीको महत्त्वपूर्ण दिन भएको बताए । परम्परागत पहिचान झल्काउने कार्य भएको बताए ।भोटे जातिको पहिचान,हकहितको लागि र अन्य सुरक्षा सेवा सुविधाकोका स्थानीय सरकार नचुकेको स्मरण गराए। सदैव सहयोग गर्न तत्परता देखाउने दाबीसमेत गरे । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले आर्थिक रुपमा भोटेजाति निकै बलियो भएको बताए । व्यापार व्यवसायमा अगाडि देखिन्छ ।निस्वार्थ रुपमा काम गर्ने भित्र पर्छ ।गुठिचौर गाउँपालिका १ वडा अध्यक्ष गणेश ऐडीले वडा सरकार बाट हुने सेवामा कुनै कन्जुस्याइँ नभएको बताए ।

नेपाल पत्रकार महासंघ जुम्ला सदस्य तथा रेडियो गुठिचौर एफएमका स्टेसन म्यानेजर गोल्डेन बुढा आदिवासी जनजातिहरु यतिबेला पहिचानको बचाउनु लाग्नु राम्रो भएको बताउँछन् ।आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, संरक्षण एवम सम्बर्द्धनका लागि राज्यस्तरबाट पनि ठोस निति बन्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।भनिन्छ शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ। तसर्थ संस्कृति जोगाउन आदिवासी जनजातिले बेलैमा ध्यान दिन जरुरी छ ।

भोटे जनजाति सेवा संघ जुम्लाका सल्लाहकार सदस्य अर्जुन कुमार महतारा भोटे जाती भनेर मानयता दिएपनि खासै त्यति मानयता दिएको नपाएको बताउँछन् ।अन्य जातीयताको आधारमा भन्दा यो शिक्षाको हकमा पछि परेको बताए । अहिले गुठिचौर गाउँपालिका वडा नम्बर १ को चोत्र डिल्लीकोट र मणि ठाउँमा विशेषगरी महतारा,रोकाया,बुढा,लामा तथा अन्य थर लेख्ने झण्डै १ सय २० घरधुरी रहेका छन् । त्यसमा ६ सय जनसंख्या छ। अहिलेको पुस्ता भन्दा पाँचौ पुस्ता अगाडिको झन्डै १ सय ५० वर्ष अगाडि डोल्पाको माथिल्लो क्षेत्रमा बसोबास गरेको पाइन्छ ।