गुर्भाकोटमा भैसी वितरण

सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा किसानहरुलाई भैसी वितरण गरिएको छ ।
प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा वडा नं ९ स्थित भेरी कृषि बजार सहकारी संस्थाका सेयर सदस्यहरुलाई भैसी वितरण गरिएको हो ।
किसानहरुलाई तीन चरणमा गरी ३५ वटा भैसी वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष ललितबहादुर बिसीले जानकारी दिए ।
वडा नम्बर २ र ५ मा नमुना छनोट अन्र्तगत १/१ वटा भैसी वितरण गरिएको छ भने अन्य ४ र ९ वडाका किसानहरुलाई समेत भैसी वितरण गरिएको अध्यक्ष विसीले जानकारी दिए ।
कैलालीबाट ल्याएका उन्नत जातका भैसीहरु वितरण गर्दै वडा अध्यक्ष शसिराम भट्राईले कृषि मन्त्रालय र स्वयम किसानको लगानी रहेकाले वितरण गरिएका भैसी राम्रोसंग नपालेर विक्रि वितरण गर्ने किसानलाई कारबाही गर्ने बताए ।








