ओली-प्रचण्डको एक्लाएक्लै भेटपछि दुवैतर्फका शीर्ष नेताबीच छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन्।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा निस्केलगत्तै ओलीलाई भेट्न एमाले संसदीय दलको कार्यकक्षमा प्रचण्ड पुगेका हुन्।

ओली र प्रचण्ड एक्लाएक्लै भेटवार्तापछि एमाले र माओवादीको शिर्ष नेताहरुबीच छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ।

एमसिसीको बिषयलाई लिएर पाँच दलीय सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ। गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात बढाइसकेका छन्।

आजै ७ बजे निर्णायक वार्ता बस्ने तयारी छ।

सम्बन्धित समाचार