कम्प्युटर सिक्दै दुर्गमका युवापुस्ता
जुम्ला ः जुम्लाको पातारासी गाउँपालिका ७ रिनी गाउँकी सम्झना खड्का यति वेला कम्प्युटर सिक्न ब्यस्त छन । उनी एकहप्ता देखि कर्णाली पुस्तकालय तथा स्रोत केन्द्रमा कम्प्युटर सिक्न पुग्ने गरेकि हुन । उनी मात्रै होइनन,भौगोलिक हिसावले बिकट मानिने पातारासीका धेरै युवा पुस्ताले कम्प्युटर शिक्षा सिक्ने गरेका छन ।
यस अघिका युवा पुस्ता स्कुल बिदा भएपछि वा फुसर्दको समयमा आमाबाबु संग कुटोकोदाली बोकी खेतबारीको काम सगाउन जान्थे । तर आज भोलीका युवा पुस्ता मोबाईल फोन जत्रो स्मार्ट अल्ट्रासउण्डलाई प्रयोग गर्न तर्फ ब्यस्त देखिन्छन ।
पछिल्लो समयममा कम्युटर पढाइका लागी धेरै कम्प्युटर इन्चिच्युउट खोलाका छन । जुम्ला सदरमुकाममा रहेको कर्णाली पुस्तकालय तथा स्रोत केन्द्रबाट संञ्चालन गरेको कम्प्युटर कक्षामा . कम्युुटर सिक्न आउनेको लर्को देखिएको छ ।
कम्प्युटर सिकनकै लागी बजारमा कोठा लिएर बस्ने गरेको प्रशिक्षक रोविन भण्डारीले बताए । उनले भने ,उनीहमा कम्युटर सिक्नुको कारण भने फरक–फरक छन् ।त्यस्तै आजको समाजमा या केनै संस्था वा अन्य ठाउमा काम गर्दा कम्प्युटर पढाई अनिवार्य गरेकाले यसस बारे आधारभूत ज्ञान सक्नि अपरिहार्य रहेको कम्युटर सिक्दै गरेकी पातारासी ७ रिनीका मिना बुढा बताउछिन । उनले भनिन,“आधुनिक प्रविधिमा गाउँघरका किशोरीहरुको पहुँच नपुगेकाले यो सिकाइ महत्वपुर्ण हुने छ ।
त्यहा कम्युटर कलास लिन गुठिचौर ३ का सर्मिला कामी ,तातोपानी गाउँपालिका ७ कि मुना कुवँर लगायतका धेरै युवाहरु आउने गरेका छन । प्रविधिले धेरै क्षेत्रमा विकाम गरे पनि जुम्लाका महिलाहरुमा पछाडि नै रहेको पाइन्छ ्। मुना कुवँरले भनिन् प्रविधि क्षेत्रमा किशोरीहरुको आगमन निक्कै आकर्षण रुपमा भएको छ। अब आउने नयाँ पुस्तामा यो अनिवार्यजस्तै भइसक्यो। यसकारण महिलाको सहभागिता सके सम्म बढी हुनुपर्छ।
बिश्व विज्ञान अध्ययन, अन्वेषण, अनुसन्धान नयाँ अभिनवि उत्पादनहरुको प्रयोग–परीक्षण भइरहेका वेला जुम्लाका किशोरीहरु अहिले कम्प्युटर सिक्न थालेका छन । किशोरीहरु बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म कम्प्युटर सिक्न जाने गरेका छन । विशेषगरी ३ महिने अवधिमा कम्प्युटर व्यसिक सिकाइने गरेको छ।








