मघ महिनामै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान

जुम्लाः तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ । तातोपानी१ वडाका अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरेको हो । पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण उनलाई सम्मानित गरेको बताएको छ । छोटोसमय अवधिमा बिकास निमार्ण गुनस्तर नहुने भन्दै पालिकाको माघ भित्रै योजनाको सम्झौता गराउने लक्ष्य लिएको थियो ।

सोही वडाका सबै योजना सम्झौता गरेको भन्दै पालिकाका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्षहरु सम्मुर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिर सहित सम्मान गरिएको छ ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकियका रुपमा मिलन बुड्थापा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएकोे थियो । उनी यस अघिदेखि वडामा प्राविधिक जनशक्ति खटाउने देखि जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागि गरेका थिए ।

जसअन्तरर्गत तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सम्झौता सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।
उनले भने,“माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।”
विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ ।
हतारमा गरिएको सम्झौताले विकास निर्माणलाई गति दिन नसक्ने भएकाले यसमा कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ ।

अन्य वडाको पनि सम्झौता भईरहेका छन् । तर वडा नं। १ का वडाध्यक्ष प्रेम कठायतले सक्रियता देखाउनु भयो । उहाँलाई प्रोत्साहन गर्न सम्मान गरेका हौ । अन्य वडाध्यक्षलाई पनि सिकाई हुने छ । भने राम्रो काम गर्ने जनप्रतिनिधि कर्मचारीलाई उर्जा थप्न सम्मान प्रोत्साहनका कार्यक्रम गर्न आबश्यक छ ।”
तातोपानीमा नयाँ हाकिममा रुपमा मिलन बुढ्थापा आएसंगै रचनात्मक कार्यको शुुरुवात भएको छ। ब जुम्लाका कुनै पालिकाले हाल सम्म समयमै योजना सम्झौता गर्न सकेका छैनन् । तातोपानीले नयाँ शुरुवात गरेको छ । जसले पालिकाक

सम्बन्धित समाचार