मुुगुका तत्कालीन गाविस सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २७ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुगुको साबिक रारा गाविसका तत्कालीन सचिव पदमबहादुर भण्डारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तीन जना पूर्व गाविस सचिव र सहायक लेखापालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।
आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा रारा गाविसमा निकास भएको सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ताबापतको रकम किर्ते कागजात बनाएर भ्रंष्टाचार भएको आयोगको ठहर छ । तत्कालीन गाविस सचिव पदमबहादुर भण्डारीले आर्थिक वर्ष २०७१/२०७२ मा कार्यरत रहँदा ७ लाख ६० हजार ८ सय रुपैयाँ अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।








