जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईको मृत्यू, करिब १८ देखि ५५ जना हिउमा फसे
जुम्ला ः जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । तातोपानी गाउपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८का ३७ बर्षकी देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यू भएको र ताम्ति ७ कि महिलाको सेतो चिनी कोर्न जादा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको बताए ।
त्यस्तै यसैगरी तातोपानी गाउँपालिका ८ मा १८ देखि ५५ जना मानिसहरु हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । अध्यक्ष नवराज न्यौपानेका अनुसार जडिबुटी ( खिरौलो) कोर्न गएका गएका१८ खेदि ५५ जना मानिसहरु फसेका भन्ने खबर आएको छ तर एकिन गर्न सकिएको छैन । उनले भने वडाध्यक्षहरु सँग समन्वय भईरहेको छ । उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटि सल्लामा बसेका खबर प्राप्त भएको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार अन्य मानिसहरु हराएको भन्ने खबर पाएपछि बुझ्दै जादा ओडारमा बसेको खबर प्राप्त भएका बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार ठूलो मात्रमा हिउँ फसेको खबर प्राप्त भएपछि सो क्षेत्रमा खाद्यन्न सहत वोकेर हेलेकोप्टर जाने तयारी छ । हिउ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अबस्था छैन । उनीहरु सहकुसल भएकाले खाद्यन्नको पुर्याउनको लागी तयारी भईरहेको छ । नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भईरहेको छ । त्यसका लागि रातिनै प्रक्रिया पुरा गरेर अगाडि बढाईएको छ ।








