बिपद् समितिले हिउँ पन्छ्याए पछि हवाइ सेवा सुचारु

जुम्ला ः जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छ्याए पछि हवाइ सेवा सुचारु भएको छ विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी चन्दननाथनगरपालिक ,सडक डिबिजन लगायतको टोलीले धावनमार्गको हिउँ पन्छ्याए पछि दुइ वटा हवाइजाँहज आएका हुन ।

धावनमार्गमा हिउँ हटाएपछि जहाज आजै देखि हवाइ सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन । उनले भनिन् धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो।हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेका थिए।
यस अघिका वर्षहरुमा हिउँ परे पनि यो वर्ष सबै भन्दा बाक्लो हिउँ जमेको थियो ।

यदि ठुलो जनशक्ति लागेर धावनमार्गमा हिउँ पन्छ्याउनु परेको लामो समय देखि पहिलो पटक हो । यस अघिका वर्षहरुमा एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्थ्यो। खासै असर हुन्थेन। तर यो वर्षको हिउँ निकै बाक्लो परेकोले ३ दिन देखि हवाइ सेवा अबरुद्ध थियो ।
त्यस्तै जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको हो। हिउँ पन्छ्याउनको लागि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल नगरपालिकामा रहेका सबै सवारीसाधन लिएर विमानस्थल पुगेकी थिइन्। हिउँ पन्छ्याउन नगरपालिकाले डोजर, जीप र ट्याक्टर लिएको थियो।

नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो। पहिले सुरक्षाकर्मीले हिउँ पन्छ्याए त्यसपछि सवारीसाधन धावनमार्गमा हिउँ पन्छ्याउनका लागि चलाइएको थियो। धावनमार्गको सबै हिउँ हटाइसकिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए ।उनले भने, ‘हिउँ जमेर जहाज अवतरण गर्न नसक्ने भएकोले प्राथमिकताका साथ हिउँ पन्छ्याउन लागिएको हो।

हवाइसेवा छिटो सुचारु गर्नका लागी धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले तत्काल पन्छ्याएका हुन । जमेको हिउँ पन्छ्याएपछि धावनमार्ग सुकिसकेपटि यहाँ तारा, सीता, एयरको जहाजले उडान भरेका छन । उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको छ। सदरमुकाम खलंगा क्षेत्रमा एकदेखि डेढ फिट हिउँसम्म जमेको स्थानीय जयकृष्ण आचार्यले बताए ।उनले झण्डै एक दशकपछि जुम्लामा बाक्लो हिमपात भएका बताए । निरन्तर हिमपातका कारण तीन दिनदेखि जहाज आउन सकेको थिएन।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको बताए । प्रमुख जिल्ला अधिकारी प्रसाईको नेतृत्वमा सडक र विमानस्थलको हिउँ पन्छ्याउने कार्यले निकै राहत मिलेको यहाका स्थानीले बताएका छन । ’हिमपातले विद्युत सेवा ठप्प छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हिउँ पन्छ्याएर विमानस्थल सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्ने कार्य ठूलो उपलब्धि मुलक भएको बताए । उनले भने यातायात रहवाइ सेवा प्रभावित भएपनि हिमपातले भने कृषि क्षेत्रमा निकै ठूलो राहत मिलेको छ ।
जिल्ला बिपद समितिले हिमपातका कारण अबरुद्ध सडक सुञ्चारु गरेको छ । बिहीबार बेलुकीदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक शनिवार देखि खुलाईको छ ।