दुई बच्चाकी आमा बुढाले पाइन्न नागरिकता

 


जुम्ला ः कनकासुन्दरी गाउँपालिका –१ रियागाउँकी ३२ वर्षीया कमला बुढा (कठायत) एक छारी र एक छोरा छन । तर उनले नागरिकता पाएकी छैन । उनीसंग नागरिकता नहुँदा सामाजिक सेवाबाट बञ्चित भएको उनको गुनसो छ । उनले भनिन, म आफनो दैनिकी चलाउनका लागी अरुको स्याउको बैगैचा काम गर्दै आएकी छु । तर श्रीमानले छोरा छोरी पनी खोसेर लिएको छ । दुइ बच्चा जन्माउदा खेरी नत नागरिकता बनाएको छ नत विवाह दर्ता नै छ ।
नागरिकता नहुदा बैंकमा खाता खोल्न लगायत सार्वजनिक सेवाबाट नागरिक बञ्चित भएको बताइन । कनकासुन्दरी

गाउँपालिका –१ रियागाउँकी अन्दाजी ३२ वर्षीया कमला बुढा (कठायत) कोमाइती घर पातारासी गाउँपालिका – ७ पटमारा हो । कनकासुन्दरी गाउँपालिका –१ रियागाउँका ३५ वर्षीय हस्त कठायत सँग विवाह गरेको बताइन । पति कठायतले विवाह गरे पछि नागरिकता र विवाह दर्ता नगरी खुट्ने पिप्ने जस्ता यातना दिएको बताइन। उनेले भनिन् अहिले एक छोरी र एक छोरा छन् ।
तर अहिलेसम्म पतिले नागरिकता र विवाह दर्ता नगरी दिएपछि सार्वजनिक सेवाबाट बञ्चित भएको उनले गुनासो गरिन् । नागरिकता नहुदा अहिलेसम्म मतदाता नामावली पनि भर्न पाएको छैन् । मतदाता नामावली नहुदा अघिल्ला कुनै पनि निर्वाचनमा मताधिकारबाट पनि बञ्चित भएको उनले बताइन् ।

नागरिकता नहुदा बैक दाता पनि खोल्न पाईएको छैन । अहिले ज्याला मजदुरी गरी आर्जन गरेको रकम पनि बैक खाता नहुदा बैकमा राख्न पाइएको छैन । उनले भनिन् दुःख कष्ट गरी कमाएको पैसा पनि आफन्तलाई राख्न दिएको छु ।
नागरिकता नहुदा कोरोना विरुद्धको खोप लगाउन पाएको थिएन । खोप लगाउन नपाएको पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरे पछि कोरोनाको खोप लगाउन पाईएकी छन ।

यस्तै चन्दननाथ नगरपालिका –४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीकले कान पनि सुन्दिनन् । उनीसँग अपाङ्गता परिचयपत्र पनि छैन ।
उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा वास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन’ लामाले भने ।

फुटीकका दाजुभाइले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ । अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए ।
त्यस्तै पातारासी गाउँपालिका – ३ का वडाध्यक्ष विर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला हाम्रो वडामा बस्दै आउनु भएको थियो । उनले भने उहाँको स्थायी ठेगना मुगु हो । उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन । बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो ।
पत्रकार महाँसंघका पदाधिकारीले नागरिकता नहुदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउनका लागि पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनले भनिन् पीडित कमला बुढाको नागरिकता हप्ता १० दिनमा विवाह गरेको पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । विवाह गरेको पतिबाट सम्भाव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाएउने छौँ ।

 

सम्बन्धित समाचार