जुम्लामा कोरोना संक्रमितको संख्या ९६ पुग्यो

जुम्ला ः जुम्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बिहिबार गरेको एन्टिजेन परिक्षणबाट कोरोनाको संक्रमितको हुनेको संख्या ९६पुगेको हो । बिहिबार १८ जनाले एन्टिजेन परीक्षण गर्दा ३जनाका कोरोना देखिएको छ। होम आइसोलेसन बस्नेको संख्या ८० जना रहेका छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारत्त संख्या १० जना रहेको जिल्ला प्रशासनले जनाएको छ ।

त्यस्तै निको हुनेको संख्या ६ जना रहेको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताईन ।उनले भनिन , यो हेल्प डेक्सबाट नागरिकलाई खोपसेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्नका लागी सबै लागी परेका छौ । उनले भनिन् एकिकृत हेल्प डेक्सको शुरुवात कार्यक्रममा बोल्दै प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वधित सवै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह शुरु भएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले कोरोना बाट नागरिक बचान हेल्प डेक्सको शुरुवात गरिएको बताए ।

जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण गरिएकामध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो।दोस्रो लहर जुम्लामा ०७८ वैशाखदेखि देखिएको थियो।त्यस वेला ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए।जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ।

 

सम्बन्धित समाचार