यहि १६ गतेबाट मोर्डनाको दोस्रो खोप लगाइदै

जुम्ला ः १२ बर्ष पुरा भएका १८ बर्ष मुनिका वालबालिकालाई यहिमाघ १६ गतेबाट मोडर्ना खोप लगाउन अनुरोध गरिएको छ । यस अघि पहिलो खोप लाएकालाई जनस्वास्थ्य कार्यालयले दोस्रो खोपलगाउन अनुरोध गरेको छ ।यस अघि पहिलो डोज खोप लागाउने वालबालिकाको संख्या १० हजार ५ सय ५८ जना रेहको प्रमुख जिल्ला अधिकारी, बिजया कुमारी प्रसाइले बताईन । उनका अनुसार दोस्रो जोड खोप यहि माघ १६ गते देखी २० गते सम्म लागाइ सक्नु पर्ने छ ।
यस अघि छुटेका वालवालिकालाई पहिलो खोप लागाइने भएको छ ।यस अघि जुम्लामा १२ वर्ष देखी माथी र १८ मुनिका वालबालिकाको संख्या १२ हजार रहेको थियो । तर जुम्लामा मोडना खोप १० हजार ५ सय ५८ जनाले मात्रै पहिलो खोप लगाएको पाइएको छ ।