कर्णाली प्रदेशका ३सय ४८ प्रहरी पुरुस्कृत, १सय ५८ जनालाई सजाय

फोटो फाइल

जुम्ला ः कर्णालीका३सय ४८ जना प्रहरीलाई पुरस्कृत र १सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्धबार्षिक प्रगति प्रतिवेदन बताइएको छ ।
यस्तै विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभि जडान तथा ४० थान मर्मत गरी कुल २४५ थान जडान गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । उनले भने ६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध जुवा तास खेल्ने ११ वटा स्थानबाट ८४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।
प्रहरीले गरेको सफल काम
बिभिन्न मुद्वाका फरार अपराधिहरु १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार ८९० रुपियाँ जरिवाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लागू औषध दुर्व्यसनी तथा अवैध वेचविखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरिएको जनएको छ ।
ट्राफिक दुर्घटनाको दरमा न्यूनीकरणको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम ७६७ पटक सञ्चालन गरी कुल ६६ लाख ९ हजार ७९० जना लाभान्वित भएका छन् । सवारी दुर्घटना २०३ वटा भएको थियो । सवारी दुर्घटनामा परी मृत्यू ११८ जना र घाइते ५१५ जना भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन विरुद्धको कारबाही संख्या २० हजार ५०१ वटा रहेको छ । यसबाट राजस्व संकलन .१ करोड ७१ लाख ९७ हजार ५ सय रुपियाँ भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागु औषध, घरेलु हिंसा, लगायत न्यूनिकरणको लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ वटा भएका छन् । यसबाट लाभान्वित ३ लाख ४९ हजार ३७९ जना व्यक्ति भएका छन् ।

गत आ.व.को यस अवधिमा अवैध भन्सार छलिका सामान बरामद नभएको र चालु आर्थिक वर्ष ०७८÷०७९ को ६ महिनामा रु १ लाख ३४ हजार ५६४ रुपियाँ बराबरको लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामान र ११ जना व्यक्तिलाई अवैध भन्सार छलिका सामान सहित पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रदेश प्रहरीले जनाएको छ ।
अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासी बरामद ओखेटोपहार र बन पैदावारको विवरण २७३ दशमलव ६९ क्यूफिट काठ, यार्सागुम्बा ५ किलो ३ सय ग्राम, रेडपाण्डाको छाला ४ थान, कस्तुरीको बिना ४ थान , सालकको खप्पर १ थान र मानिस १८ जनालाई पक्राउ गरिएको आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको छ ।
अवैध जडिबुटी जटामासी ५ बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३०१ किलो बरामद गरिएको जनाएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक श्रोतहरूको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने सवारी साधन ५८ वटा, ५१ जनालाई नियन्त्रणमा लिई २ लाख ४० हजार ५७० रुपियाँ राजश्व संकलन गरिएको छ ।

प्रहरी कर्मचारी परिवार, पुर्व प्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्नि पिडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खोई कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन भईरहेका छन् ।

 

 

सम्बन्धित समाचार