जुम्लाका स्याउ किसान बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला ः जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका –५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।
उनले भने ,“स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन । उनले थपे यतिबेलाको समयमा स्याको स्यार नगरे गुणस्तर फलदिदैन । रोगकिले समेत लाग्ने डर हुन्छ ।
जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले भने आफ्नो बगैचामा ३हजार २ यस जती स्याउका बिरुवा छन । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

जिल्लामा खासगरी पुषदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने,“जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आबश्यक छ ।यति बेला बगैचा ब्यवस्थापन मात्रै नभइ स्याउका गुणस्तर विरुवा किनेर बगैंचा लगाउन लगाउने समय हो ।

विरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।खाडल खन्दा एउटादेखि अर्को स्याउको विरुवा सम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए ।उनले भने , “एक–एक मिटर लम्वाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ । उनले भने यतिबेला स्याउको बगैचा ब्यवस्थापन गर्ने समय भएकाले कृर्षि प्राविकिहरु गाउँगाउका गएका छन । नयाँ बिरुका लगाउने किसानका लागी गुणस्तरीय बिरुवाको लागी पहल भइरहेको छ ।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रसायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।स्याउका विरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका विरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरुको भनाइ छ ।

त्यस्तै जुम्लामा यस बर्ष छ हजार एक सय मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस बर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस बर्ष ६ हजार एकसय ६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यो बर्ष सात हजार तीनसय ६० मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य लिईएको थियो तर १९ प्रतिशत लक्ष्य तार्गेट भएन ।
उहाँका अनुसार गत आर्थिक बर्ष २०७७।०७८ मा छ हजार दुई सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस बर्ष एक प्रतिशत कम उत्पादन भएको हो ।यस बर्ष चार हजार हजार हेक्टरमा स्याउ लगाईएको थियो । तर एक हजार ८ सय ८८ हेक्टरमा स्याउ फलेको छ ।