स्वास्थ्य समाग्री जुटाउदै जुम्लाका सरोकारवाला

जुम्ला : तेस्रो लहरको कोरोनाको लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपत व्यवस्थापन समिति,जिल्ला समन्वय समित लागायत बिपद् सम्बन्धी काम गर्ने संस्थाहरुले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन ।जुम्लामा स्वास्थ्य सामग्री कमी भएपछि गैसस क्षेत्रलाई पनि सहयोग गर्न अनुरोध गरिएको
जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले बताइन ।उनले भनिन,“सोमबार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा बसेको वैठकले विपत क्षेत्रमा जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न निर्णय समेत गरेको छ । अक्सिजन सिलिण्डर, माक्स, सेनिटाईजर, पिपिईसेट, सहितका स्वास्थ्य सामग्री अभाव भएकाले गैरसरकारी संस्थाहरु सहयोग गर्न अनुरोध गरिएको छ ।
वैठकमा बिपत सँग कार्यरत गैरसरकारी संस्थाहरुले विपतको समयमा डिसिएमसिले गरेको निर्णय र मागलाई माथिल्लो निकायमा पेश गर्न सहमति जनाएका छन् । जिल्लामा बिपतको क्षेत्रमा कार्यरत संस्थाहरु आईएन एफ नेपाल, पेस नेपाल, किर्डाक नेपाल, सेडा नेपाल, क्याड नेपाल सहितका संस्थाहरुको उपस्थिति रहेको छ ।
वैठकमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले संकटको अवस्थामा कार्यक्षेत्र नभनि जिल्ला भरीका समस्या समधानका लागी काम गर्न अनुरोध गरे । उनले विपतमा लगानीकर्ता र दातालाई समेत जिल्लाको विपत व्यवस्थापन समितिको निर्णयलाई मान्न आबश्यक रहेको छ ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जिल्लामा मौज्दात समाग्री जति उतिनै तत्काल वितरण गरिने र वाँकी गैससले सहयोग समेत गर्ने निर्णय भएको बताइन ।
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एन ९५ माक्स, डिस्पोजल मास्क, पिसिआर किट, पिपिई, एन्टिजन किट कमी भएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । सोही अनुसार आवश्यक सामग्री सहयोग गर्न गैसस क्षेत्रलाई सहयोग गर्न माग भएको छ ।
दोस्रो लहरको समयमा गैसस क्षेत्रले ठूलो मात्रामा अक्सिजन सिलिण्डर, मास्क सहितका स्वास्थ्य सामग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । त्यस्तै आधारभुत स्वास्थ्य सामग्रीको जुम्लामा अभाव नभएको बताईएको छ । विपत व्यवस्थापन समितिले दोस्रो लहरमा आवश्यकता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय स्वास्थ्य संस्था, अग्रस्थानमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मीलाई समेत बितरण गरिएको थियो ।
यस अघि डिसिएमसिले गत बर्ष संकलन गरिएका स्वास्थ्यसामग्री ३० वटा अक्सिजन, ८ वटा अक्सिजन कन्सट्रेटर, १५० प्याकेट मास्क, २ सय बोतल सेनिटाईजर, पिपि सेट २०० थान, पिपि गाउन २५० सेट मौज्दात रहेको छ ।








