जुम्लामा कोरोनाको प्रभाव कारागारमा भेटघाट बन्द

जुम्ला ःकोरोना सङ्क्रमणको तेस्रो लहर बढेसँगै जुम्लाको कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो ।
त्यस्तै कारागार जुम्लाका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएका हो । उनले भने कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष बन्द गरिएको हो ।

कारागार घेरबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै कैदीवन्दी र उनीहरुको आफन्तहरुको भेटघाटसहित कुराकानी हुने गरेको छ । सार्वजनिक स्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएका छौ ।’अहिले पनि कारगारामा १६ जना कैदीवन्दी विरामी छन् । उनीहरुलाई ज्वरो आउने, टाउको, जीउ दुख्ने लक्ष्यण देखिएको छ । उनीहरुलाई अहिले औषधि चलाई रहेको कारागारका अहेव महेश महतले बताए ।

अहिले जुम्लामा साईन्याक्स र राइन्याक्स अभाव भएकोले बाहिरबाट माग गरेका छौँ । लक्ष्यण देखिएका कैदीवन्दीलाई औषधि चलाएकोले कोरोना संक्रमण परीक्षण गर्नु परेको छैन ।

पहिलो र दोस्रो कोरोना संक्रमणको लहरमा जुम्ला कारागारका कैदीवन्दी प्रभावित भएका थिए । दोस्रो कोरोना संक्रमणको लहरमा १४ जना संक्रमति भएका मध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक जना महिलासहित ११५ जना कैदीवन्दी रहेका छन् ।
संक्रमति ६० पुयो
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड–१९ संक्रमण देखिएको छ । ९८ जनालाई एन्टीजेन परीक्षण गर्दा ४५ जनालाई र १७ जनालाई पीसीआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो ।

संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिहरुलाई कोभिड परीक्षण गर्ने अवस्थामा ३२ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसोलेसनमा राखेर ४ जना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।

 

सम्बन्धित समाचार