माओवादी केन्द्र कर्णालीको अध्यक्षमा विमला केसी

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छन्  । बुधबार माओवादी केन्द्रका २ सय ११ सदस्यको बैठकले  केसीलाई अध्यक्षमा चयन गरेको हो ।

अन्य पदाधिकारी चयन गर्न बाँकी छ । मंगलबार कर्णालीको प्रथम सम्मेलनबाट २ सय ११ सदस्य सर्वसम्मत चयन गरिसकेको छ । अध्यक्ष केसी, कर्णाली सरकारको पुर्व मन्त्री समेत हुन्  ।

उनी महिला, बालबालिका र विपन्न वर्गका लागि सडकदेखि संसदसम्म आवाज उठाउने व्यक्तिका रुपमा समेत चिनिएकी छन्  । जनयुद्धदेखि राजनीतिमा होमिएकी केसी कर्णालीको प्रथम सम्मेलनबाट अध्यक्षमा चयन हुन सफल भइन्  ।