आगलागि पिडित बालबालिकाको लागी न्यानोकपडा र झोला
मुगु ः गहेको कार्तिक २९ गते छायाँनाथ रारा नगरपालिका वडा नं २ मुगु सदरमुकाम गमगढी तल्लो बजारमा भिषण आगलागी भयो । आगलागी बाट २१ घर जलेर नष्ट हुनुका साथै करोडौको धनमालको क्षतिभयो ।
आगलागी बाट २१ घरका साथै तिनि घरमा ब्याबसाय गदै आएका, घरभाडा बस्दै आएका र स्वयम घरपरिवार गरेर करिब ८४ जना आगलागीकै कारण विस्थापति हुन पुगे ।
आगलागी पश्चात बिभिन्न निकाय,समाजिक संघ संस्था बाट राहात दिने क्रम निरन्तर जारीनै छ । त्यसैक्रममा आईतबार अन्तर धार्मिक राष्ट्रिय सँजाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिलाहरुको सहयोगमा आगलागी पिडितहरुका बालबालीका ६५ जना बिद्यार्थीहरुको लागी न्यानो कपडा र झोला राहत स्वरुप सहयोग गरिएको छ ।
आगलागिबाट पिडित घर परिवारका बालवालिकाको लागी अन्तरधार्मिक आगलागि राष्ट्रिय सँजाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिलाहरु कमला पन्थी, नाहिदा बानु, मोना आदित्य, लगायतका महिलाहरुले सहयोग बाट आगलागी बाट पिडित ६५ जना बालवालिकाहरुको लाई न्यानो कपडा र झोला प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको हातबाट राहात सामाग्री सहयोग गरिएको छ ।
यस अघिपनि आगलागी बाट पिडितहरुको लागी चेतना शाही लगायत उनै समाजसेवी महिलाहरुको सहयोगमा ५० वटा फाईबर कम्बल र सत्यसाईरामको सहयोग तथा चेतना शाही र विना श्रेष्ठको सहयोगमा २१ घरदुरी लाई खाद्ययन्न र बाल्टीन पनी सहयोग गरिएको थियो ।
यो समयमा पनि चिसो मौसम शुरु भएसंगै आगलागी बाट पिडित भएकाहरुलाई समस्या समधानका लागी न्यानो कपडा स्वईटर र बालवालिकाहरुको पढाईमा सहजको ६५ जना बालबालीकाको लागी न्यानो कपडा र झोला वितरण गरिएको समाजसेवि महिला अभियान्ता चेतना शाहीले बताईन ।उनका अनुसार आगलागी पिडितहरुलाई तत्काल केहि राहात होस भन्ने उदेश्यका साथ मनकारी महिलाहरुको अभियानबाट संकलित रकमले सानो भए पनि आलोघाउमा मलम लगाउने प्रयास गरेको समाजिक अभियान्ता शाहीको भनाई छ
आगलागी पिडितहरुको पुर्नस्थापानाको लागी समाजसेवि तथा सामाजिक अभियान्ता चेतना शाही, अन्य समाजसेवि महिलाहरु लगायत अन्तर धार्मिक राष्ट्रिय सँजाल नेपाल र सत्यसाईरामको सहयोग करिब ६ लाख बराबरको राहत सामाग्री सहयोग गरिएको बताईएको छ ।









