स्वास्थ्य बिमाबाट जुम्लाका सर्वसाधारण सन्तुष्ट छैनन
जुम्ला ःसरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले सञ्चालनमा आएको ६ वर्ष पुग्न लाग्दा सम्म पनि उल्लेख्य फड्को मार्न सकेको छैन। सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बीमा कार्यक्रम ल्याएको दावी गर्दै आएको छ ।
जुम्लाको जनसंख्या एक लाख ८ हजार छ । हिमा गाउपालिकामा ४ हजार २ सय ६जना, सिजा ४ हजार ७ सय १३ जना ,पातारासीमा ७ हजार ५ सय ७१ जना ,कनका शुन्दरीमा ४ हजार ९ सय ६५जना ,तिलामा ,६ हजार,९सय ८३ जना ,तातोपानीमा ७,हजार ७ सय ६४ जना,चन्दननाथ नगरपालिकामा १२ हजार ३सय ३४ जना र गुठीचौर गाउपालिकामा ५ हजार ३सय ४६ जनाले बिमितको संख्या रहेको छ ।
आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको भन्दै तातोपानी गाउपालिकाले न्युनआय भएका नागरिककोलाई स्वाथ्य बिमाको पहुजमा ल्याउनका लागी २हजार रकम आफै हालिदिने ब्यवस्था गरेको छ । नागरिकले १५ सय मात्रै दिने भएका हुन ।
सरकारले स्वास्थ्य बीमा नाफाको उद्देश्य नराखी पूर्ण रुपमा सेवाको भावले सञ्चालनमा ल्याएको दावी गर्दै आएको छ। तर जुम्लाका स्वास्थ्य बिमा गरेका बिमित नै यो कार्यक्रमले अस्तुष्ट रहेको गुनासो गर्दै आएका छन ।नागरिकले बिमा गर्दा ११ सय ३२ प्रकारका औषधी बिमा गरेबार्फत निशुल्क पाउने आश्पाशन दिइन्छ । तर जुम्लाका नागरिकले अधिकांस औषधी निजिमेडिकलबाट किनेर लिनुपर्ने बाध्यता रहोको स्थानिय देवी प्रसाद सिमखाडाले बताए । उनले भने, नेपाल सरकारले दिदै र्आको आएको ७२ प्रकारको औषधी निशुल्क पाउनु पर्ने हो । टाउको दुखेको सिटामोल पनी किनेर लिने गरेका छन ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्ररावेट हस्पीटल हो । तर त्यहा नेपाल सरकारले दिने ७२ प्रकारको औषधी निशुल्क आउने गरेको छ ।उपचारको लागी आउने बिरामीले ७२ प्रकारको औषधी पाएका छैनन ।सामान्य भाषामा भन्नु पर्दा स्वास्थ्य बीमा मानिसहरुलाई आइपर्ने वित्तिय र स्वास्थ्य सम्बन्धि जोखिमहरुलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले ल्याएको एउटा पारिवारिक स्वास्थ्यको महत्वपूर्ण कार्यक्रम हो। बिमाको यसको उद्देश्य भनेको गुणस्तरीय सेवा प्रदान गरेर स्वास्थ्य सेवाको पहुँचलाई अझै सहज बनाउनु हो। योगदानमा आधारित यो एकदमै महत्वपूर्ण योजना हो। तर त्यहा बिमित नागरिकले सेवा भन्दा पनी सास्ती पाएका छन ।
पातारासी गाउपालीका पेरे गाउका उजेलू बुढा उपचारको लागी बिमा काड बोकेर प्रतिष्ठान मा आइन । उनले सोचेकी थिइन सबै औषधी निशुल्क पाइन्छ । छिटो उपचार हुन्छ । तर उनले धेरै औषधी मेडिकल बाट किनेर ल्याएको बताइन ।उनले भनिन प्रतिष्ठानमा उपचार गरेर एक दिनमै फर्किएको रेकर्ट छैन । एक दिन बास बस्नु पर्दा झन खर्च बढ्ने गरेको छ बुढाले भनिन,“आएको दिन चेकजाँच गर्न पठाइन्छ । साँझ ५ बजे सम्म कुरे पनी रिपोर्ट हेर्ने डाक्टर आउदैनन । डाक्टर संग रिपोर्ट देखाउनकै लागी आर्को दिन कुर्नु पर्ने हुन्छ ।
बिमा सहज भन्दा पनी झनजटीलो बनेको छ ।
स्वास्थ्य बिमा बाट ११ शजार ४७ घर परिवार संख्या लाभाम्बित भएको स्वास्थ्यबिमा दर्ता अधिकृत प्रेम बहादुर भण्डारीले बताए । उनले भने ७० वर्ष माथीका जेष्ठ नागरिकलाई एक परिवार मन्ने गरेको छ । उनले भने ,पालिकाले गरिब परिचयपत्र दिएको आधारमा रातोकार्ड पाएका नागरिकलाई निशुल्का सेवा दिर्दै आएका छौ ।केही पालिकाले गरिब पचियपत्र नदिएका कारण उपचारमा समस्या भएको छ । अधिकृत भण्डारीका अनुसार यस अघि २५सयको बिमा गरे बार्फत ५० हजार बराबरको उपचार पाउथे । अहिले ३५ सयको बिमा गर्नुपर्ने हुन्छ“,त्यो बार्फत नागरिकले एक लाखको उपचार पाउने ब्यवस्था छ ।









