प्रधानमन्त्रीलाई सांसद महतको आक्रोस ः कर्णालीको ठूलो क्षेति किन देख्नु हुदैन्

जुम्ला ः प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले बिपदले पु¥याएको क्षेतिको बारेमा ध्यानाकर्षण गरेका छन। उनले प्रधानमन्त्री शेरबहादुर देउवा लाई कर्णालीका नागरिकले बिपदका कारा भोग्दै आएका समस्याकोे आक्रोस पोखेका हुन।
सांसद महतले भने प्रधानमन्त्रीे ज्यु तपाईका क्षेत्रका नागरिक मात्रै होइनन । कर्णालीमा पनी नागरिक बस्छन । त्यहा पनी ठुलोक्षेति भएको छ । उनले भने,“ पश्चिममा प्रधानमन्त्री आफ्नो क्षेत्र भएर वा आफ्नो पार्टीले वोलाएर हो ? कर्णालीका त मान्छे होईनन, कर्णाली जानै पर्दैन, त्यहाँ

पनि मान्छे बस्छन । सांसद महतले जुम्लामा काली मार्सीधानको बिउ जोगाउन कठिन भएको बताए ।
गत कात्तिक १ गते देशभर भएको अविरल बर्षाका कारण जुम्लामा पनि ठूलो क्षेति भएको छ । बिपदको वेलामा सांसद महतले जुम्ला लगायत कार्णालीको क्षेतिको अवस्था बुझ्न स्थानीय प्रशासन र सरोकारवाला कार्यालयहरु सँग जिल्लाको प्रारम्भिक क्षेतिको बिबरण माग गरेका थिए । सोही आधारमा सांसद महतले विशेषगरी साविक कर्णालीमा बिपदको समयमा प्रधानमन्त्रीको ध्यान कर्णालीमा पुग्नु पर्ने भन्दै आक्रोस पोखेका हुन ।

सम्बन्धित समाचार