जुम्लामा सिसिटिभी जडान नहुदा अपराध नियन्त्रणमा समस्या


जुम्लाः जुम्लाका कुर्नै पनी स्थानीयतहले सिसिटिभी जडान नगर्दा अपराध निन्त्रणमा समस्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका (प्रमुख) प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले बताए । उनले जुम्लाका आठवटै स्थनीयतहका मुख्य मुख्य चोकहरुमा सिसिटिभी जडान गरे अपराध नियन्त्रणमा कमी आउने बताएका हुन । जुम्लाको मुख्य मुटुमानिएको चन्दननाथ नगरपालिका अन्तर्गतको मुख्य बजारमा समेत सिसी क्यामराक जडान गरिएको छैन ।
यसले गर्दा अपराधिका गतिबिधि निन्त्रणमा लिन समय लाग्ने गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनले भने सिसिटिभी जाडान गरिएमा कुनै घटना खटेको खण्डमा प्रहरीलाई फुटेजको आधारमा अनुसन्धान गर्न सहज हुन्छ । अत्याधुनिक युगमा पनि जुम्लाको कुनै पनि स्थानीतहले सिसी क्यामरा जडान गरेका छैनन ।जुम्लामा सिसिटिभि जडान गरेको खण्डमा अपराध नियन्त्रण,अनुसन्धान तथा सडकमा सडक दुर्घटना न्यूनीकरणमा सहज पुग्ने प्रहरीको भनाइ छ ।

डिएपी थापाले भने गाउमा सिहंदरवार आएको छ “आम नागरिकको विकास समृद्धि र सुरक्षाको लागि सरकार र नागरिक दुवैको दायित्व उत्तिकै छ ।सबै मिलेर समाजमा हुने घटना र दुर्घटना न्यूनीकरणको लागि सडकमा सिसिटीभि राख्न सकिएको स्थिति छैन ।
जुम्लामा हुने अपराध नियन्त्रणका लागि नगरपालिका र गाउपालिकालाई अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गर्ने प्रहरी प्रशासनले पठकपटक अनुरोध गर्दै आएको छ । तर कुनैपनी स्थानीयतहले सिसी क्यामरा जडान गर्ने मनुस्थितीमा छैन । यस कारणले जुम्लाका घटेना कतिपय घटनाहरुको अनुसन्धानमा ढिला सुस्ती हुने गरेको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाप्रसाइले जुम्लामा हुने विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरण सिसिटिभि रहेको बताइन । उनले भनिन् सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक थापा भन्छन ,केही समय अघि जुम्लाको पुरानो बास्पार्क स्थित भ्याली भ्यु होटल संञ्चालकको लडेर मृत्यु भएको पुष्टी सिसिटिभीको फुटेजले गरेको हो । उनका अनुसार कुनैपनी किसिमका समाजमा घट्दै आएका घटनाहरु सिसिटिभी फुटेजकै कारण घटना घटाउने ब्यक्ती समाउन प्रहरी सफल हुने गरेको तथ्य सुनाउदै सिसिटिभीले जुम्ला जिल्लाको सुरक्षामा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताए ।