भालुको आक्रमणबाट एक महिलाको मृत्यु
जुम्ला ःजुम्लामा भालुको आक्रमाणबाट एक महिलाको मुत्यु भएको छ । तातोपानी गाउँपालिका ५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो ।भालुको आक्रमणबाट मृत्यु हुनेमा करिब ५५ वर्षीय रुद्रा डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।उनका अनुसार मृर्तक महिला सोहीगाउँपालिका ५ स्थित गाढापारी सामुदायिक वनको चौकीदार रहेको बताए । वन हेर्न गएको डाँगीलाई शनिबार दिउसो १२ः०० बजेको समयमा भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट मुत्यु भएकी डाँगीलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्र्टमाटको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको छ ।








