वर्षौ देखि एयरलाइन्सको यातना खेप्दै जुम्ली जनता
जुम्ला ः लामो समयदेखि नै जुम्लाको हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्ट मार्फत हुँदा जुम्ली नागरिकले यातना खेप्दै आएका छन । ्एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण जुम्ली नागरिकले मंहगो रकम तिरेर पनी समयमै उड्न नपाएका हुन । जुम्लाको हवाइ सेवाको टिकट बितरणमा लागेको वेथिती नामको रोग पहिलो होइन । यो जुम्ला ऐपोर्ट संञ्चालनमा आएदेखीकै दिर्घकालिन रोग हो ।
यहाका जन्तालाईसेडुअल र चाटर फ्लाईट के हो भन्ने थाहाँ छ्रैन् ।अझै भन्नेहो भने, कुन एयरलाइन्सको कार्यालय कहाँछ भन्ने पनी थाहा छैन ।सर्वसाधारण जहाज चढ्ने टिकट पाउदैन । यदि कोही दुखी बिरामी भयर जहाज चढ्नु परेको खण्डमा पनी कुनै पहुजवालालाई हारगुर गर्नु पर्छ । समान्य नागरिकले हवाइ टिकट पाउनु युद्धजिते जतिकै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ ।तर जुम्लामा जहाज चढ्ने कुनै पनी नागरिकको हातमा टिकट हुदैन । उनीहरु सबै बोडिङपासको आधरमा यात्रागर्ने गरेका छन । हिजोआज पनी जुम्ला ऐपोर्टमा ५ दिन देखी जहाजको टिकट नपाएर भौतारिएका थुपैै यात्रु छन् । जुम्लाको जहाजमा विरामीहरु समेत जान कठिन अवस्था रहेको स्थानीय सडानन्द आचार्यले बताए ।
त्यस्तै केन्द्रीय उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव बिष्णु तिमिल्सेनाले सेडुअल फ्लाईटको अनुभूति यहाँका नागरिकले गर्न नपाएको बताए । उनले भने आफु पनि असोज २८ गतेबाट जहाजको टिकटका लागि ऐपोर्ट कुर्दै आएको बताए ।
प्रशासानको निणर्य कार्यन्वयन हुदैन
गत भदौ १३ गते प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई र एयरलाइन्स विच टिकट पार्दशिताको बिषयमा वैठक बसेको थियो । सो वैठकले यथासिघ्र पारदर्शी रुपमा टिकट पहिलो आएको ब्यक्तिले पहिलो प्रथामिकथा पाउने निणर्य गरिएको थियो । एयरलाइन्सले ईटिकटका लागि पहल गर्ने, स्विकृत सेडुअल नियमित गर्ने, जिपिए कार्यालयहरुले स्थापना गरि स्थापना गर्ने निर्णय गरिएको छ । एयरलाइन्सले यि कुनै पनि निर्णय कार्यान्वय गरेको छैन ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जिल्लाको पारदर्शिताको बिषयमा सवैमिलेर अग्रसर हुनुपर्ने र सेडुअल फ्लाईट सहितका बिषयमा निति परिवर्तनको बिषयमा पहल गर्न आवश्यक रहेको बताइन । जुम्लाबाट जहाज चढेको यात्रुले टिकट चाहियोको खण्डमा यहाँको टिकट नेपालगंजमा गएर कतिपयले प्रिन्ट गर्ने वाध्यता छ ।
शुक्रवार तारा एयरको जहाँज मात्रै जुम्लाका लागि भएको नागरिक उड्यन प्राधिकरण जुम्लाले जानकारी दिएको छ । प्राधिकरण प्रमुख प्रकाश शर्माले अन्य जहाँज नभएकाले समस्या बढेको बताए । जहाँज कम्पनीले नियमित उडानको सम्झौ तालाई कुल्चेर अन्य स्थानमा जहाँज पठाउने वेईमानीका कारण जुम्लाका नागरिकले जहाज चढ्न नपाएका हुन ।
नेपाल नागरिक उड्यन प्राधिकरणले २०७८ साल भदौ ९ गते नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ नदिएको प्राधिकरणले जनाएको छ । प्रराधिकरणका अनुसार लामो समय देखी जुम्लामा सेडुल फ्लाईट नभएको पाइएको छ ।
एजेन्टको मनोमानी
जुम्लाबाट सुर्खेत सम्म हावाईजहाजमा यात्रा गर्ने एक जना यात्रु बराबार १० किलो सामान लिनमिल्ले भन्ने गरेको छ । भन,े नेपालगञ्ज सम्मको लागी १५ किलो तोकिएको छ । कारण बस कुनै यात्रुको समान एक दुइ किलो बढी भएको खण्डमा एजेन्टले निकाले फालिदिने गरेका छन । तर पहजुवाला र एर्पोटका एजेन्टका नातागोताले भने एक जना यात्रु बराबर ७० किलो सम्म समान लिनेगरेको पाइन्छ ।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनी मार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्। एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फीमात्रै हुँदा पनि महङ्गो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ ।
त्यस्तै नागरिक उड्यन प्राधिकरण जुम्लाले नागरिको सुचना पाउने हक समेत कुण्ठीत गरको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। उनले भने, अहिले सम्म जुम्लाका कुनैपनि नागरिकलाई जुम्लादेखि नेपालगञ्ज सम्मका भाडा कति रुपैयाँ तोकिएको छ भन्ने कुराको समेत जानकारी छैन । यसले गर्दा नागरिकको पाउनु पर्ने सुचनाको हकबाट बञ्चित भएका छन।
एजेन्टले टिकट नकाटेर पहिला उडान गर्ने गरेका छन्।’फोन र पावरकै भरमा टिकट वितरण गर्ने एजेन्टकै मनोमानीका कारण सर्वसाधारणले सास्ती पाउनु पर्ने बाध्यता छ।
सम्बन्धित निकाय भने मौन भइरदा यहाँका नागरिकले कहिले सम्म मंहगीको यातना खेप्नु पर्नेहो कुनै अत्तोपतो छैन । जुम्लामा टिकट पाउन जनप्रतिनिधि देखि मन्त्रीसम्मको पावर लाग्ने गरेको छ । सडक सञ्जालल जोडीएपनि बाढी पहिरोका कारण कर्णाली राजमार्ग बारम्बार अबरुद्ध हुन्छ ।जुम्लाको लागी भरपर्दो यातायत हवाई जहाज नै हो ।








