जुम्लाको घोडादौड प्रतियोेगिता ः मनसुर बोहोराको घोडा प्रथम

जुम्ला ः जुम्ला भएको घोडादौड प्रतियोेगिता सकिएको छ । कोरोनाका कारण गतवर्ष देखी रोकिएको उक्त प्रतियोगिता यस वर्ष फेरी सुरु भएको हो ।कर्णाली स्पोर्टस् क्लब जुम्लाले आयोजना गरेको खुल्ला घोडादैड प्रतियोगितामा गुठीचौर एक मनसुर बोहोराको घोडा प्रथम भएको छ । त्यस्तै सोही गाउपालिका १ का गडीगाउका हरि बस्नेतको घोडा द्धितिय भएको छ । गुठीचौर २कै लक्ष्मी बहोरोको घोडा तितृय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लाई क्रमश पाँच हाजार, तीन हजार र दुई हजार नगद र मेडल पुरस्कार दिइएको थियो। घोडादौड परापुर्व कालमा जुम्ली घोडाको महिमाको रुपमा रहिआएको बुढापाकाहरु बताउ छन ।
अहिले आएर लोप हुने स्थितिमा पुगेपछि प्रतियोगिता मार्फत घोडा जुम्ली घोडाको महत्त्व प्रवर्द्धन गर्न लागी प्रतियोगिता आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने ,’ यसको इतिहास, ठ्याक्कै थाहा छैन। तर यस अघि जुम्ला ऐपोर्ट पिज नहुनु भन्दा अगाडी ऐपोर्टमा घोडा दौड हुन्थियो ।
त्यो ऐर्पोट पिज जुन दिनदेखि हामी जान्ने भयौं, त्यतिबेला जुम्ला एयरपोर्टमा घोडा दौड प्रतियोगिता हुने गरेको देखेका थियौँ,’ उनले भने,’एयरपोर्ट पिज भएपछि घोडा दौड हुन छोड्यो अध्यक्ष शाहीले भने । लामो समय बन्द भएको थियो हामीले केही समय देखी जुम्ली घोडा दौड प्रतियोगिता गरी घोडा प्रवर्द्धनमा जोड दिने उदेश्यले यस्तो कार्य गरेका हौ ।चन्दनाथ नगरपालिका ८का जयकृष्ण धरालाले भने ,कुनै बेला जुम्ली घोडाको माग बढ्दो थियो।
जुम्लामा गाडी नपुन्जेल सम्म समान ढुवानीको समेत काम घोडाले गर्थे । उनले थपे ,परम्परागत यातायातका साधनहरु पनि घोडा नै थिए। तर अब जुम्ली घोडा लोप हुने स्थिति पुगेको छ । हरेक वर्ष फुलपातिका दिन घोडा दौड प्रतियोगिता हुने गरेको छ । जिम्मेवारी निकायले यसको संरक्षण गर्न तर्फ ध्यान दिएका छैनन । यस पालिको प्रतियोगितामा जिल्ला भरीका २० बीस वटा घोडाहरुले भाग लिएका थिए ।
प्रतियोगिता तिनवटा बिधामा बिभाजन गरीएको थियो । घोडाको पालनपोष्ण, कदम वा चाल र खुल्ला दौडप्रतियोगिता गरिएको हो । त्यस्तै घोडा पालन तर्फ पातारासीका एकराज थापा प्रथाम , चन्दननाथका काली बहादुर बुढ्थापा द्धितिय र गुठीचौरका कालीबहादुर रावत तितृय भएका छन । त्यस्तै चाल वा कदम तर्फ बिर्ख बहादुर भण्डारी प्रथम , काली बहादुर बुढा द्धितिय ,र विकास ऐडी तितृय भएका छन ।