धर्म अनुसार बाटोमा भेटिएको पैसालाई के गर्ने ?
काठमाडौँ : के तपाईले बाटोमा हिड्दै गर्दा कहिल्यै पैसा भेटाउनु भएको छ ? यदि भेटाउनु भएको भए टिप्नु पनि भएको होला ?यसरी बाटोमा पैसा भेटिनुलाई कहिले अशुभ मानिन्छ त कहिले शुभ मानिन्छ।
त्यसकारण भेटेको पैसालाई कतिपयले छिट्टै खर्च गर्छन्। कतिले यस्तो पैसालाई धर्म कर्मको काममा लगाउने गर्छन्।हिन्दु धर्म अनुसार पैसाको नोट भेट्नु र सिक्का भेट्नुमा फरक रहेको छ। जमिनमा फेला पारेको सिक्का पैसा आध्यात्मिकसँग सम्बन्धित रहेको छ।
- जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ ।
- यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।
-
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ । जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।
यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन सकिन्छ । यसमा पैसा भेट्ने मानिसको नियत र स्वभाव नै मुख्य मानिन्छ ।
हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।








