लाम्रा गाउँको एक घरमा आगलागी
जुम्ला ः तोतोपानी गाउँपालिकाको ५मा एक घरमा आग्लागी हुदा एक घरमा क्षेती भएको छ । तातोपानीको लाम्रागाउँमा रहेको माधब प्रसाद चौलागाइको तिनतलाको घरमा आगलागी भएको हो । बिहिबार बिहाना घरमा पुजाआज गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको हुन सक्ने जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागइले बताए । उनले भने , चौलागाइको तिनतलाको घर हो । एक तला जलेर पुर्णरुपमै नष्ट भएको छ । पुर्जा गर्नका लागी बालियको दियो ढल्केर घरमा आग्लागी हुदा एकतलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ । आगलागी पीडीत चौलाइले भने , बिहान पुजा सकेर सबै परिवार गाउँमा भएको बिहेमा गएका थियौ । एक्सी आग्लागी भयो । ,
दिउसको समय भएकाले आधा घण्टामै आगो नियन्त्रणमा आयो घर पुर्णरुपमा क्षेती हुन बाट जोगीएको साहयक प्रमुख जिल्ला अधिकारी चौलागइले बताए । उनले भने मानविय क्षेत्र हुन बाट जोगीयो । धनमालको क्षेती भएको छ । सडकको पहुज सहज भएकाले चन्दननाथ नगरपालिकाको दमकल र सुरक्षा नियकायको टोलीकोे सहयताले आगो छिटो नियन्त्रणमा आएको हो । प्रहरीले आग्लागी घटनाको मुचुल्का उठाउदै गरेकाले क्षेतीको बिवरण भने एकृत भएको छैन ।








