कर्णाली ग्यालरीमा साताका उत्कृष्ट १० तस्बिर

जसले कर्णालीको सुन्दरता र सम्भावना बोल्छ

सुर्खेत : कर्णालीको सम्भावनाको खोजी युवाहरुले जारी राखेका छन् । कर्णालीको अभाव, गरीबी र समस्यालाई एकातिर राखेर सुन्दरतालाई मात्रै उकास्ने अभियान युवाहरुको छ ।

कर्णाली ग्यालरी फेसबुक पेजबाट कर्णाली सिंगार्ने युवाहरु दैनिक जसो कुनै न कुनै तस्बिर हालेर कर्णालीको सम्भावना खोतलिरहेका छन् ।

यसले कर्णालीमा समस्या मात्रै होइन, सुन्दरता र सम्भावना पनि छ भन्ने देखाउँछ । जसकारण कर्णाली एउटा सुन्दर पर्यटकीय क्षेत्र पनि हो भन्ने कुराको पुष्टि गर्छ ।

हामीले कर्णाली ग्यालरीले पोस्ट गरेका साताका उत्कृष्ट १० तस्बिर लिएका छौँ । जुन यसप्रकार छन्ः

जुम्लाको ऐतिहासिक क्षेत्र सिंजा उपत्यका । नजिकै बगिरहेको तिला नदी । तस्वीर : महेन्द्रजंग क्षेत्री /फेसबुक

 

मुगुको खेसमालिका तीर्थयात्रा । फोटो: पूर्णसिंह बम अनुराग/फेसबुक 

 

डोल्पाको त्रिपुराकोट सुन्दरी क्षेत्र । फोटो : अर्जुन देवकोटा/फेसबेक

 

सल्यानको छत्रेस्वरी गाउपालिका ६ लान्ती बजार । छेउमा बगिरहेको खोला । फोटो : रिजन भण्डारी/फेसबुक

 


खेसमालिका तीर्थ यात्राका यात्री । फोटो पुर्ण सिंह बम/फेसबुक

 

जुम्लाको चिमारा मालिकाबाट देखिएको देपाल गाउँ । फोटो : विष्णु नेपाली/फेसबुक

 

जाजरकोटको खलंगा बजार । फोटो/फेसबुक

 

दैलेखको महाबु तीर्थ यात्राका यात्रीहरु । फोटो: काजी साब/फेसबुक