सरकारी कार्यलय भित्रै हेल्प डेस्कको नामा चर्काे शुल्क असुल्दै
जुम्ला ः आन्तरिक राजश्व कार्यलय जुम्लाले हेल्प डेस्कको नाममा चर्काे शुल्क असुल्ने गरेको छ ।आन्तरिक राजस्व कार्यलयले करदाता लाई सहज बनाउने भन्ने बाहानमा सञ्चालन गरेको हेल्प डेस्कले चर्काे शुल्क असुल्ने गरेको हो । उद्योग बाणिज्य संघ जुम्लाले करदातालाई कर तिर्नको लागि सहज हुने भन्दै संञ्चालन गरेको डेस्कले चर्काे शुल्क अशुलेको नागरिकले गुनासो गरेका छन । पछिल्लो समयमा आन्तरिक राजश्व कार्यलय जुम्लाले सबै काम डिजिटल बनाएको छ ।उद्योग वाणिज्य संघ जुम्लाले आन्तरिक राजस्व कार्यलय परिसर भित्र हेल्प डेस्क स्थापना गरेर सेवाग्राही बाट चर्को शुल्क लिने गरेको पाइएको छ ।
हेल्प डेस्कले भ्याट – प्यान दर्ता, भ्याट थप, कर चुक्ता लगायतका काम गर्ने गरेको छ । जसमा भ्याट – प्यानको दर्ताको फम भरिदिए बापत ५०० लिने गरेको छ । भने कार्यलय बाहिर रहेका प्राइभेट फर्मले ३५० रुपियाँ मात्र लिने गरेका छन् । यस्तै, भ्याट थपको लागी प्राइभेटले ५० रुपियाँ मात्र लिदा उद्योग वाणिज्य संघले संञ्चालन गरेको डेस्कले ३०० रुपियाँ लिने गरेको छ । कर चुक्ताको लागी भने १०० रुपियाँ लिने गरेको हेल्प डेस्कमा कार्यरत कर्मचारी रोजिना रावतले बताइन् ।
आन्तरिक राजस्व कार्यलयका प्रमुख नाराद प्रसाद शर्माले भने बाहिर २०००–२५०० माग्ने गरेको सेवाग्राहीको गुनासो आएपछि हेल्प डेस्कमा बस्ने कर्मचारीको लागि न्युनतम शुलकमा काम गर्नको लागि उद्योग वाणिज्य संघको पहलमा हेल्प डेस्क स्थापना बताए ।
यस्तै, उद्योग वाणिज्य संघले भने अहिले आन्तरिक राजस्वका सम्पुर्ण काम अनलाईन मार्फत गरिने भएकोले सेवाकै लागी पहिले देखि नै संघको कार्यलय बाट थोरै शुल्कमा यी कामहरु गर्दै आएको बताएको छ । तर पछिल्लो समय आन्तरिक राजस्व कार्यलयमा सेवाग्राहीको भिड बढेपछि कार्यलय भित्रै हेल्प डेस्क स्थापना गरिएको बताइएको छ ।









