कृषि मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग

कर्णाली : नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले  कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री शाहीमाथि एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ । नैतिकता रुपमा पनि मन्त्रीले राजीनामा दिनुपर्ने संगठनको माग छ ।

शुक्रबार संगठनले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीना दिनुपर्ने माग गरेको हो । माग पुरा नगरे संगठनले आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।

No description available.