आगामी बजेट सांसदहरूले दिने सुझावका आधारमा ल्याउछौ : अर्थमन्त्री डा. खतिवडा

काठ्माडौ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्व बजेटमाथि प्रस्ताव पेश गर्दै  सांसदहरूले दिने सुझावका आधारमा आगामी बजेट ल्याउने बताउनु भएको छ ।
‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बद्र्धन बजेटका सिद्धान्त हुने उहाँले बताउनुभयो ।
उहाँले मुलुकले अवलम्बन गरेको विकासको ढाँचा, संघीयता, मौलिक हकको कार्यान्वयन र साधनको उपलब्धताबीचको तालमेलको खाकाभित्र रहेर बजेट आउने उहाँले बताउनुभयो ।
आगामी वर्षलाई युवा परिचालन वर्ष तथा अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिने मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षमा भूकम्पपछि भत्केका आवास निर्माण सम्पन्न गर्ने गरी बजेट ल्याउने बताउनुभयो ।

सम्बन्धित समाचार