जुम्ला विमानस्थल फेरी संचालनमा आयो
जुम्ला । गत वैशाख ५ गतेदेखि बन्द जुम्ला विमानस्थल संचालनमा आएको छ।विमानस्थल स्तरोन्नतिको काम सकिएपछि तीन साता अघिदेखि बन्द भएको एयरपोर्ट संचालनमा आएको हो ।
विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार विमानस्थल संचालनपछि बुधबारदेखि समिट, तारा, सीता र नेपाल एयरलाइन्सका जहाँजले उडान भर्न सुरु गरेका छन् ।
विमानस्थलको रनवे काम सबै सकिएको उनले बताए ।
विमानस्थलको ६ सय ७५ मिटर रनवेको कालोपत्रे गरीएको छ, पार्किङको काम जारी छ उनले भने, दुई चरणमा काम गरेका हौं, पहिलो चरणमा ३ सय बढी मिटर रनवे कालोपत्रे गरिएको हो ।’
एपेक्सपृथ्वी र अमित जेभीले ४ करोड ५२ लाखमा विमानस्थल स्तरोन्नतिको जिम्मा पाएका थिए ।
विमानस्थल फेरी संचालन भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई यात्रा सहज भएको छ ।
२०४० देखि यता विमानस्थल मर्मतको काम हुनसकेको थिएन। यसअघि विमानस्थलको कालोपत्रे उप्किएर घाँस उम्रिदा जहाज अवतरण गर्न र उडान भर्न समस्या थियो ।








