विकास बजेटमा युवाहरुलाई परिचालन गर्दै ठाटीकाँध, २ सय ५० जना स्वराेजगार

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका २ सय ५० जना युवाहरुले आफ्नै वडामा रोजगारी पाएका छन् ।
पश्चिम ठाटीकाँध गाउँपालिका वडा नं २ का युवाहरु परीवार पाल्नकै लागि भारत जानुपर्ने बाध्यता थियो ।
युवाहरुले गाउँमै काम पाएपछि भारत जानुपर्ने बाध्यता हटेको छ ।
एक बाली लगाएर भारत जाने पुनः बाली सिहार्न घर आउनुपर्ने यहाँका स्थानीयहरुको बाध्यता छ ।
असिना पानीले यो वर्षको गहुँवाली पूर्ण रुपमा क्षती गरेपछि गाउँपालिकाले विकास बजेटमा युवाहरुलाई परिचालन गर्ने नीति लिएको र सोही अनुसार रोजगारीको अवसर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।
सांसदको क्षेत्रविकास कोष अन्तर्गत आएको २५ लाख रकमले वडा नम्वर २ देखि गाउँपालिका सम्म जोड्ने सडक खन्न युवाहरु लागेका छन् ।
यस्तै धेरै कामहरु पाए विदेश नजाने र आफ्नै ठाउँमा पसिना बगाउने युवाहरुले बताए ।
भिरालो जमिन पहाडि भू–भाग र उब्जनी कम हुने भएकोले परीवारको हातमुख जोर्न कालापहाड जानुपर्ने बाध्यता थियो यस्ता काम पाए कालापहाड नजाने निर्णय गरेको सडक खन्न आएका काँसे कामिले बताए ।
आधा जीवन भारतमै मज्दुरी गरेर बित्यो आफुले पराई मुलुकमा पाएको दुःख सम्झदै काँसे कामीले भने आजभोली अलि अलि काम पाईन्छ ५ वर्ष अघि सम्म त अनिवार्य थियो । स्थानीय सरकार आय संगै गाउँमै सामान्य काम पाएका छौं ।
कामकै लागि भारतकै विभिन्न भू–भागमा मजदुरी गर्दै जीवन बिताएका दुर्गम गाउँका अधिकाँश युवाहरु आफ्नै ठाउँमा रोजगारी नपाईने भएपछि अझै पनि कालापहाडमा भारी बोकी गुजारा चलाईरहेका छन ।
संघियता पछि स्थानीय सरकार स्थापना भएसँगै क्षेत्र विकास कोषको २५ लाख बजेटमा ठाटीकाँध गाउँपालिका २ को प्याडुलि भैरवस्थान हुँदै गाउँपालिका सदरमुकाम ठाटीकाँध बजार सम्म पुग्ने प्रशासकीय सडकमा २ सय ५० जना स्थानीय महिला र पुरुषहरुले काम गरीरहेका छन ।

सम्बन्धित समाचार