गुठी चौरमा कोरोना संक्रमितको दर घट्दै
जुम्ला ः गोठिचौर गाँउपालिकामा संक्रमितको दर घट्दै गएको छ । वैशाख देखि यता ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गाँउपालिकामा ७३ जना कोरोना संक्रमण पुष्टि भएको र ६९ जना कोरोनालाई जितेर घर फर्किएको सि अनमी मनोरमा महतले बताए । उनीहरु अधिकांस होम आइशोलेसनमा बसेर कोरोना जितेका हुन । २ जना संक्रमित मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठानमा भर्ना भएका एक जना आइसोलेसनमा गरी गाँउपालिकामा ३ जना मात्र सक्रिय संक्रमित रहेका छन । गोठिचौर गाँउपालिकाको स्वास्थ्य शाखामा कार्यरत अनमि महतका अनुसार यस पालिकामा संक्रमितको संख्या न्युन हुदै गएको छ ।कोरोना संक्रमणको दर घट्दै गएपछि गाँउपालिकामा जोखिम मुक्त भएको छ । महतले भनिन ,जोखिम मुक्त भयो भनेर अहिले नै ढुक्क हुने अबस्था भने छैन ।सवै सचेत र सजकता अपनाउन गाउपालिकाले आग्रह गरेको छ ।








