कोभिड – १९ का कारण एक महिलाको मृत्यु

जुम्ला  ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६ घण्टापछि मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त डा रमेश भट्टराईका अनुसार मृतक महिला दीर्घ रोगी रहिछन् । किड्नी मुटु, हेमोग्लोविन पनि कम थियो । विहिबार नै अस्पतालमा भर्ना गरिएको हो । उनले भने आईसियू र भेण्टिलेटरमा राखेर उपचार गर्दा पनि उनले बचाउन सकिएन ।

यो घटनासँग जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । हिमा गाउँपालिका – ७ का एक पुरुष, तिला गाउँपालिका – १ रारालिहिका एक जना पुरुष र गुठीचौर गाउँपालिका – ३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ । यस्तै संक्रमण मुक्त हुनेको संख्या पनि ३३२ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचारतार्थ रहेको जनाएको छ ।

सम्बन्धित समाचार