जुम्लामा कलोबजारी रोक्न बजार अनुगमन

जुम्ला ः कोरोनाका नाममा बढेको कलोबजारी रोक्न र मुल्यबृद्धीमा एक रुपमा ल्याउन जुम्ला बजार अनुगमन गरिरएको छ। नागरिकको डाढ सेक्ने गरी ब्यापारीले मुल्य बृद्धी गरे पछि बजार अनुगमन समितिले अनुगमान गरेको हो । चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपानेको, संयोजकत्वमा सोमबार बजार अनुगमन गरिएको छ । जुम्लामा खाने तेल , चिनी , चामल लगायतका दैनिक उपभोग्य बस्तुको मृल्य एका एक बृद्धी भएपछि नागरिकको जनगुनासो बढेको थियो । कोरोनाका नाममा कृतिम अभाब देखाएर कालोबजारी गर्नेको होडबाजीनै चलेको छ । चन्दननाथ नगरपालिकाका उपमेयर न्यौपाने (महतले ) भनिन , जुम्लामा भएको कालोबजारी र मुल्यबृद्धीमा एकरुपमा ल्याउनकै लागी बजार अनुगमन गरीएको हो ।
तर बजारमा म्याद नागेका सामान वक्रिीवतिरण भइरहेको भेटियो ।महामारीमा कालोबजारी बढेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै बजार अनुगमनमा निस्किएका हौ । जुम्लामा रहेको ५ वटा ठुला डिलर , तरकारी पसल , र हाडह्रोर्यर पसल अनुगमान गरिएको थियो । उपमेयर न्यौपाने भनिन ,अनुगमनको क्रममा ब्यापारी अनुशासित देखीएनन, । उद्योगबाँणिज्य संघका जिम्मेवारी पदाअधिकारीले म्याथ नागेका समान बिक्रिबितरण गरिएको पाइएको छ । उपभोक्तको हकहितका लागी अनुगमन गर्न हिडेका जनप्रतिनिधिलाई राजनितिक पुर्वग्रही ढंगबाट हेर्दा काम गर्न कठिनाई हुने बताईन । उनले भनिन , कतिपय ब्यपारीले म्याथ नगेको समान जफत गर्नखोज्दा उल्टै अनुगमन समितिमाथी झम्टीना आएका थिए । उनले भनिन ,प्राय ब्यापारीले , माथीबाटै मुल्य बृद्धी भएको भन्दै चर्को मुल्यमा उपभोक्तालाई सामान बिक्रि गर्थे ।
तर खानेतेल बाहेक अरुको मुल्य बृद्धी भएको भेटिएन , उपमेयर न्यौपाने भनिन ,चामल चिनी र ध्रुम्रपानमा सुर्तिजन्य पर्दार्थको मुल्य नबढेको डिलरहरुले बताएका छन । तर खुद्रा ब्यापारिकै मनोमानी देखीएको छ । प्रशासान , नगरपालिका र प्रहरीले अनुगमन गरेर मात्रै हुदैन । अब स्वयम उपभोक्ता सचेत हुन जरुरी छ । कुनै पनि सामान किन्दा उपभोक्ताले बिल माग्न आवश्यक छ । जुम्ला बजारका ठुला व्यापारी अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने गरेको पाईएको बजार अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा बिपिन टेड्रस जुम्लाबाट ४४ वटा म्याथ गएको इनामेल बरामत गरिएको छ ।

त्यस्तै कैलास जनरल स्टोरबाट एक डिब्वा इनामेल बरामत गरिएको छ । त्यस्तै जुम्ला हाडहेयर बाट म्याथ गएको सामान बरामत भएको छ । चिउरा र भुजीपनि बरामत गरिएको छ । कोरोना महामारीले नागरिक आक्रन्त भइरहेको अवस्थामा ब्यापारीले मौकाको फाइदा उठाउन कै लागी कालोबजारी गर्न थालेका हुन । उपमेयर न्यौपानेले भनिन ,कृतिम अभाब सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्बाही गर्छौ । कोरोना महामारीको दोस्रो चरण झन जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउने, कालोबजारी हुने काम रोक्न पहिलो पटक अनुगमन गरिएको हो । अनुगमन समितिका संयोजक उपमेयर जिल्ला प्रशासान , उद्योग बाँणिज्य संघ , प्रहरी , उपभोक्त हकहित संरक्षण मञ्च , खाद्यप्रबिधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधिहरुको संयुक्त सहभागीतामा अनुमगन भएको हो ।कालोबजारी, कृत्रिम अभावले सीमित व्यापारी मोटाउने भएपनि उपभोक्ताहरु थप पीडामा पर्ने हुँदा त्यस्तो काम रोक्नका लागि अविलम्ब अनुगमन गरिएको बताइएको छ । यो अनुगमन सुरुवात हो कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल ठाउँको ठाउँ कारबाही बताइएको छ ।









