कोरोनाबाट नागरिकको ज्यान बचाउन हातेमालो गर्दै, गैसस

जुम्ला ः नेपाल सरकारको बिकासको साँझेदारी अंगको रुपमा रहेका गैरसरकारी संस्थाले कोरोना भाइरसको महामारीबाट नागरिक बचाउन सक्रिय रुपमा लागेका छन । यस अघि शिक्षा , स्वास्थ्य ,छाउपडी ,बालअधिकार लगायतको बिभिन्न सेक्टरमा काम गर्दै आएका गैरसरकारी संस्था, महामारीमा नागरिकको ज्यान बचाउन एक जुट भएका हुन । नागरिको क्षामता अभिबृद्धीका लागी काम गर्दै आएका संस्थाले जोखिमको घडीमा चुपलागेर बस्नु हुदैन भन्दै, डिसिसिएमसीको बैठकको निणर्य कार्यन्वयन गर्न थालेका हुन ।
दातृ नियकाका रुपमा रहेको प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जुम्लामा संञ्चालित साझेदारी सस्था दिगो तथा न्यायोचित बिकास प्रतिष्ठान (सेडा नेपाल ) किडार्क नेपाल ,क्याड नेपाल ,,(हुरेन्डेक) नेपाल कालिकोटले , कोभिड विशेष स्वास्थ्य सामग्री सहयोग स्वरुप डिसिसिएमसीलाई हस्तान्तरण गरेका छन । यस अघि सबै गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्र भएका स्थानियतहलाई हस्तानतरण गरेका थिए । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले एकद्धवार प्रर्णाली मार्फत सहयोग गर्ने निणर्य गरेपछि सबै गैरसरकारी संस्था एकजुट भएका हुन ।

दातृ नियकाका रुपमा रहेको प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जुम्लामा संञ्चालित साझेदारी सस्था ,दिगो तथा न्यायोचित बिकास प्रतिष्ठान (सेडा नेपाल ) किडार्क नेपाल ,क्याड नेपाल ,(हुरेन्डेक) नेपाल कालिकोटको साझेदारीमा स्वास्थ्यका पिपिई सेट ७ सय १० सेनिटाइजर ५सय एमएलको ४सय १४ बोतल , सेनिटाईजरको ग्यालिन १ सय २० वटा , के एन नाईन्टि फाइब माक्स ७सय पिस ,सर्जिकल एक हजार पाँच सय बक्स तथा ७५ हजार पिस ,अइआर थर्मा मिटर ,५५ वटा ,फेससिल्ड १२५० पिस , लुच ग्लोप्स ९६ बक्स , सर्जिकल ग्लोप्स ५० बक्स शोडियम ७४ ग्यालिन ,इस्प्रेस टेङक १५ पिस र सेनेटरी प्याड २सय ५० प्याकेट हस्तातरण गरिएको सेडा नेपालका प्रशासन तथा लेखा अधिकृत दिपेन्द्र वढुवालले बताए । उनका अनुसार २७ लाख ६१ हजार ६ सय ९ रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
यो स्वास्थ्य समाग्री जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत हस्तानतरण गरीएको किडाक नेपनलका संयोजक रेशम शाहीले बताए । उनले भने यो महामारीबाट नागरिक बचाउनु पर्ने होम्रो पनि दायित्व हो ।
त्यसैले सबै गैसस मिलेर पिपिई सेनिटाईजर सर्जिकल माक्स थर्मोमिटर लगायतका आबश्यक स्वास्थ्य समाग्री दिएका हौ । कोभिड – १९ को दोस्रो लहर फैलिरहेको कोरोना भाइसरको संक्रमण रोकथाम तथा न्यूनिकरण गर्नका लागी गैससको यो सहयोगले नागरिकको ज्यान जोगाउन महत्वपुण हुने क्याड नेपालका फिल्ड अफिसर जयलक्ष्मी चौलागाइले बताइन । उनले भनिन ,यो महामारी कुनै एक ब्यक्तिको सहक्रियताले रोक्न सकिदैन सबैको सहयोग आबश्यक छ ।

यो कोरोनाको दोस्रो लहर बिरुद्धको लडाई जित्न सबै गैसरकारी संस्था संग हातेमालो गेरर अगाडी बढेको दिगो तथा न्यायोचित बिकास प्रतिष्ठान (सेडा नेपाल जुम्लाले जनाएको छ । गैरसरकारी सस्था कोरोनाको महामारीमा मात्रै नभइ उत्पीडनको शिकार भएका मानिसहरूको दृष्टिकोणमा परिवर्तन ल्याउने पनि गरेको छ । सेडा नेपालले अघि औपचारिक तथा अनौपचारिक शिक्षा, बाल श्रम उन्मूलन,सरसफाइ, बालबालिकाहरूका लागि सहायता आदि विषयमा काम गर्दै आएको थियो ।









