शिक्षकद्वारा स्वास्थ्यकर्मी माथि हातपात

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढा माथि सोही गाउँपालिकाका शिक्षक अमृत रोकायाले हातपात गरेका छन् । कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरवाही गरेको भन्दै शिक्षक रोकायाले स्वास्थ्य संयोजक बुढा माथि हातपात गरेका हुन् ।
श्रीमतिको उपचारमा लापरवाही गरेको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी माथि हातपात भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘श्रीमतीको उपचारमा ख्याल नगरेको भन्दै शिक्षिकले सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प्रयास गरेका थिए । स्थानीयहरु आएर बचाएछन् ।’ उनले भने,‘बिहान ८ः१० बजे बुढाको कोठामै आएर आक्रमण गरेका हुन् ।’
शिक्षक रोकाया श्रीमतिको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यायलका प्रमुख सिंहले बताए । ‘श्रीमतीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था नगरेको भन्दै आक्रमण गरेका थिए ।’ उनले भने,‘कोरोना संक्रमितको अवस्था भने सामान्य छ ।’