६ वडाको दियो ,प्रत्येक घरलाई मास्क र सेनिटाईजर

जुम्ला ः जुम्लाको चन्दन थान नगरपालिकाको ६ वडाले नागरिकलाइ माक्स र सेनिटाइजर बितरण गरेको छ । आफ्ना बवडाका नागरिकलाई कोरोनाको महामारीबाट बचाउन स्वास्थ्यका सामाग्री बितरण गरेको हो । यतिबेला जुम्लामा कामको सिजन चलेको छ ,। खेतपातिमा सहभागि हुने नागरिकलाई कोरोनाबाट बच्नको लागि स्वास्थ्य सामाग्राी बितरण गरेको चन्दननाथ नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष अजवहादुर रावलले बताए । उनले भने ,सबै नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

प्रत्येक घरलाई एक प्याकेट मास्क र एक डिब्बा सेनिटाईजर दिइएका हौ । हम्रो यतिवेला खेतीपातीको समय ,हो रोपाईको सिजन चलेको छ , भिडभाड हुने भएकाले स्वास्थ्य सामाग्री वितरण गरिएको हो । वडा अध्यक्ष रावलले भने ,काम गर्न जाने किसानहरूलाई मास्क र सेनिटईजरको ब्यवस्था वडाले गरेको हो । अध्यक्ष रावलकाअनुसार काममा जाने किसानहरूलाई सामाजिक दुरि कायम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव समेत दिएका छौ ।

वडा भित्रका रहेका ३ सय ५० घरपरिवार, प्रहरी चेक पोष्ट, संघ संस्था र ६ नम्वर वडा भित्रका घर भाडामा बस्दै आएका ५० घर गरी जम्मा ४ सय घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोनाबाट बच्नका लागि सबै नागरिकहरु सतर्क रहन अध्यक्ष रावलले अपिल गर्नु गरेका छन । उनका अनुसार वडाका सम्पुर्ण नागरिकहरुलाइ सरसफाइमा ध्यान दिन समेत अनुरोध गरिएको छ । यस्तै ६ नम्वर वडाका वडा सचिव प्रेमानन्द न्यौपानेले भने , सोही वडामा घर भाडामा बस्नेलाई पनि स्वास्थ्य सामाग्री बितरण गरिएको छ । उनले भने, वडामा कोरोना भाइरसको फैलावटलाई रोकथाम गर्नको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।