प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको चार बर्र्षे कार्यकालमा भएका कार्यप्रगति सार्वजानिक
जुम्ला ः कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार बिश्वराज काफ्ले र निर्देशक धमैराज गोसाईको चार बर्र्षे कार्यकालमा भएका कार्यप्रगति सार्वजानिक गरिएको छ । रजिस्टार काफ्लेको यहि जेठ १९ गते र गोसाईको २५ गते पदावदी सकिने सकिने भएपछि प्रतिष्ठान परिवारले विदाई गरेको हो । रजिष्ट्रार काफ्लेले पदावदी सकिएको र चार बर्षको कार्यकारलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका कार्यप्रगति सार्वजानिक गरेका हुन । उनले भने , तीनसय शैयाको अस्पताल निर्माण देखी थुप्रै कामहरु सवै निकायहरुको सहयोगमा सम्पन्न भएकोे छ ।सामाजिक संजालमा काफ्लेले चार बर्षको कार्यकालमा तीनसय वेडको अस्पताल, १२ वेड, आईसियू , २४ वेड एचडियू, सिटिस्क्यान, एक्सरे, अक्सिजन प्लान्ट, दैलेखमा एक सय वेडको अस्पताल कार्य भएको बताए । उनले एमविविएसको प्रक्रिया पनि चिकित्शा शिक्षा आयोगद्धारा निरिक्षण सम्पन्न भै सकेको बताए ।
प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम, स्नातक मिडवाफ्री, स्नातक जनस्वास्थ्य विपिएच, विएन संचालन तथा विशेषज्ञ सेवा संचालन भएको छ । जाजरकोटमा डिप्लोमा फार्मेसी शुरु भएको छ । मुगु, कालिकोट, डोल्पा,हुम्ला, बाजुरा,जाजरकोट,सुर्खेत,दैलेख , पश्चिम रुकुम मा आबस्यकता अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिचालन गरि स्वास्थ्य सेवा शुरु गरिएको छ ।उनले भने सिनेट बैठक जुम्लामै गर्न प्रतिष्ठान सफल भयौ । प्रदेस अस्पताल सुर्खेत, भेरि अस्पताल नेपालगंज , सेति अस्पताल धनगडि , महाकालि अस्पताल महेन्द्रनगर लगायत अन्य ठुला प्रतिष्ठान संग सम्झौता भई सहकार्य भैरहेको छ ।
यसैगरी शिक्षक तथा कर्मचारि को आबास कक्षाकोठा, च्यारे सम्मको बाटो र वेसिक साईन्स भवनको निर्माण कार्य सुरु भएको छ ।यसैगरी च्यारे चौर को ३सय ६० रोपनि जग्गा प्रतिष्ठान को नाममा र धिता चौरमा ३० रोपनि जग्गा प्रतिष्ठानको नाममा दर्ता गरि कक्षा कोठा , छात्राबास र शिक्षक क्वाटर को डिपिआर तयार गरि वजेट सुनिश्चिताको प्रक्रिया अगाडि बढुनुका साथै कामहरु भएको दावी गरे ।
साविक कर्णालीका जनशक्ति बढदै
पछिल्ला समयमा रजिष्ट्रार काफ्ले जस्तै अहिले साविक कर्णालीका जनशक्ति पनि राजनितिक नियूक्तिमा उपल्लो पदमा नियुक्त हुने काम बाक्लिएको छ । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल र मध्यपश्चिामाञ्चल विश्व विद्यालयका उपकुलपति डाक्टर नन्दबहादुर सिंहलाई पनि सरकारले विश्वविद्यालय स्तरको उपकुलपतिको जिम्मा दिएको छ । यस्तै कालिकोटका मिनबहादुर शाही राष्ट्रिय योजना आयोगको सदस्य र हुम्ला निवासी डाक्टर दिपेन्द्र रोकाया कर्णाली प्रदेशको योजना आयोग सदस्यमा नियुक्त भई काम गरिरहेका छन ।








