आचार्यको “भेरी तरेर” बोलको गीतले सफलताको शिखर चुम्दै 

गायक तथा सर्जक डिलाराम आचार्य ‘ईच्छुक’ र मधु राईको संयुक्त आवाजमा रहेको झ्याउरे लोकदोहोरी गीत ‘भेरी तरेर’ केही हप्ता पहिले बजारमा सार्वजनिक भएको  थियो ।

सञ्चार र गितसंगित क्षेत्रमा अत्यन्तै रुची राख्ने सर्जक  आचार्य  को उक्त भेरी तरेर बोलको गीत सफल बन्दै गएको छ ।

छोटो समयमा नै पश्चिमतिरका एफ एम रेडियोहरुमा अत्याधिक रोजाइमा र देशका बिभिन्न रेडियोहरुमा श्रोताको रोजाइमा पर्न सफल गित युटुवमा पनि करीव ७ हजार दर्शकहरूले हेरिसकेका छन् ।
विभिन्न एफएम रेडियोहरूका लोकगीतसँग सम्बन्धित कार्यक्रमहरू तथा विभिन्न अनलाईन दोहोरी गृपहरूमा लोकगीत गाएर चर्चामा आएका सर्जक आचार्य ‘ईच्छुक’ सुर्खेत जिल्लाका स्थानीय गायक हुन् ।

ईच्छुकको आफ्नै लय तथा शब्द रहेको यस गीतमा गायक ईच्छुक र माधव रिजाल साथै गायीका मधु राई र रुपा दर्लामीको सुमधुर आवाज रहेको छ ।

पुरा भिडियो 

सम्बन्धित समाचार