एक महिला गोठभित्रै मृर्त फेला ,शव पोष्टमार्टम गर्नका लागी स्वास्थ्य विज्ञान तर्फ ल्याइदै
जुम्ला ःजुम्लामा एक जना महिला मृत अवश्थामा फेला परेकी छन । जुम्लाको सिंजा गाउँपालिका वडा नम्वर ६ काँडागाउँकी पुम्फा बुढा गोठमित्र मृत अवश्थामा भेटिएको प्रहरीले जनाएको छ । मृर्तक बुढाको घाँटिमा झुण्डिएको जस्तो दाग रहेको सिंजा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कालि बहादुर बुढाले बताए ् । उनका अनुसार शब गोठमा सुतिरहेको अवश्थामा भेटिएको छ । ,हत्या हो या आत्महत्या भन्ने निक्र्योल निकाल्न शव पोष्टमार्टमका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याइदै गरेकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव निरिक्षक दानबहादुर थापाले बताए । उनले भने, पोष्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने छ ।
श्रीमान श्रीमति विच मनमुटाव भएपछि गोठमा झुण्डिएर आत्महत्या गरेको हो कि भन्ने आशंका त्यहाका नागरिकले गरेका छन।सिंजा ६का काँडाँगाउँका स्थानीय गोर्ख बुढाका अनुसार मृतकका श्रीमान ले राति करिव १२ बजेतिर श्रिमती झुण्डिएर आत्महत्या गरेको खबर गरेपछि आफु घटना स्थल जाँदा शव भुइँमा पल्टिएको अवश्थामा भेटिएको बताए । ‘ उनले भने ,श्रीमानले मलाई राति १२ बजे श्रीमतिले झुण्डिएर आत्महत्या गरेको जानकारि दिएपछि म घटनास्थल गएँको थ्एि । उनका श्रीमानले ,जिवितै छ कि भन्ने सोचेर झुण्डिएको डोरि फुकालेर भुइमा राखेको बताएका थिए ।’ उनले भने, मृर्तकको घाँटिमा दाग रहेको र डोरिमा रौं भेटिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक दानबहादुर थापाले भने , घटनास्थल तर्फ प्रहरी गएको छ । केकस्तो कारणले मृत्यु भएको हो भन्ने कुरा प्रहरीले गहिरो अनुसन्धान गर्ने छ ।








