हुम्लाका गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड सेवा
हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा रहेका गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ ।
मातृ शिशु मृत्युदरमा सुधार ल्याउन गर्भवती जाँचलाई प्राथमिकता दिने उद्देश्यले जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रले यो अभियान संचालन गरिएको हो ।
नाम्खा गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा स्थानीय १२ भन्दाबढी गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताए ।
अल्ट्रासाउन्डकै लागि जिल्लामा आउन नसक्ने गर्भवती महिलाहरूलाई यस अभियानले सहज भएको छ ।
सरकारले हिमाली जिल्लामा नियमित स्वाथ्य संस्थामा गर्भ चेक गराएमा ८ सय र सुत्केरी गराएमा ३ हजार रुपैयाँ प्रोत्सहान भत्ता दिने गरेको छ ।
अहिलेसम्म नाम्खा गाउँपालिकामा गर्भवती जाँच गर्नेको संख्या न्यून छ ।
दुर्गम क्षेत्रमा चेतनाको अभाव र सहज पहुँच नहुँदा गर्भवती जाँच गराउने संख्या नभएको समेत नाम्खा गाउँपालिकाका स्वाथ्यकर्मी दानबहादुर बोहराले बताए ।
सिमकोट वडा एक, दुईका गर्भवती महिलाले ठेहे स्वास्थ्यचौकीमा गएर गर्भपरीक्षण गर्ने गरेका छन् ।