सुत्केरी व्यथाले च्यापेकी कालिकोटकी महिलाको हेलिकोप्टरमार्फत उद्दार
कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ५ मेहलमुडीकी १७ वर्षीया सोशिता बमको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
तिनदिनदेखि सुत्केरी व्यथाले च्यापेकी बमको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो। तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि नेपाली सेनाका हेलिकोप्टर सुर्खेत ल्यायीएको सान्नी त्रिवेणी गाउँपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताए । ‘सुत्केरी व्यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको छ ।’ उनले भने,‘बच्चाका टाउको पाठेघरमा अडकिएका कारणले यहाँ उनको सुत्केरी हुने सम्भावना निकै कम थियो ।’
सुत्केरी हुन नसकी बमलाई कर्णाली प्रदेश सरकारको पहलमा हेलिकोप्टरको व्यवस्था गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए ।