सुर्खेतबाट प्रधानमन्त्रीलाई रक्तिमकोे ज्ञापन पत्र

सुर्खेत । नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बँुदे ज्ञापन पत्र बुझाएको छ ।
रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार वीरेन्द्रनगरमा अभियानका महासचिव जीवन शाहीको नेतृत्वको प्रतिनिधि मण्डलले सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई ज्ञापन पत्र पेश गरेको छ ।
ज्ञापन पत्र बुझाउदै अभियानका महासचिव शाहीले मुलुकमा सामन्तवादी कु–संस्कार, साम्राज्यवादी अश्लिल छाडा संस्कृतिहावी हुँदा समाजलाई अपराधिक क्रियाकलापमा संग्लग्नहुन प्रेरित गरेको बताए ।
पछिल्लो समयमा संस्कृतिका नाममा मौलाउँदो विकृतिले युवापीढिहरुमा निराशा, कुण्ठा उत्पन्न गराउने वातावरणको सिर्जना भएकाले यसप्रकारका गीत, संगीत, कला, साहित्य तथा जनविरोधी, राष्ट्र विरोधी श्रव्य दृष्यका सम्पूर्ण सामाग्रीहरु उत्पादन वितरण तथा, प्रचार–प्रसारणमा राजयले रोक लगाउनु पर्ने बताएकाछन् । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो ज्ञापन पत्रलाई जस्ताको तस्तै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने बताए ।
विशेष गरी कला, साहित्य र संस्कृति सम्बन्धी विभिन्न ११ बुँदे माग सहित पेश गरिएको ज्ञापन पत्र रक्तिम सांस्कृतिक अभियान सुर्खेतका कार्यवहायक अध्यक्ष दीपक पोख्रेलले बाचन गरेर सुनाएका थिए ।