सरकार विरुद्ध काँग्रेसको प्रदर्शन

जुम्ला ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका व्यक्त गरेका हुन । प्रजातन्त्रको विरुद्ध जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गराउर्दै काँग्रेसले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताएको छ । एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना समेत गरेको छ । ।सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उनिहरुको आरोप छ ।