नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेको भन्दै जुम्लाको प्रतिष्ठानलाई सम्मान

जुम्ला – नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेको भन्दै जुम्लाको भन्दै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई सम्मान गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको हो । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान पुर्याएको भन्दै प्रतिष्ठानलाइ सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले सम्मान गरेको छ ।

मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र पदान गरेको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पताल तर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौहरजहारी अस्पताल सम्मान गरेको हो ।’विगत जस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य(समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्नमा निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन ।