गणतन्त्र दिवसको अवसरमा जुम्ला प्रहरीले गर्‍यो सरसफाइ(फोटोफिचर)

जुम्ला : गणतन्त्र दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय जुम्ला ले जनमैत्री तथा सामाजिक उत्तरदायित्व झल्किने सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका भर्खरै कार्यभार सम्हाल्नुभएका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहाल को नेतृत्वमा विजय नगर र कृष्ण मन्दिरदेखि चन्दननाथ मन्दिर आसपासका क्षेत्रसम्म सरसफाइ गरिएको हो। कार्यक्रममा प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।सार्वजनिक स्थलको स्वच्छता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गरिएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक शालिक राम खनालले बताए ।उनका अनुसार
नेपाल प्रहरीले हरेक वर्ष “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” मार्फत समाज सँग प्रत्यक्ष जोडिने, जनचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। जुम्ला प्रहरीले यहि जेठ १५गते परेको गणतन्त्र दिवसको पुर्व अवसरमा गरेको यस सरसफाइ अभियानले प्रहरी संगठनप्रतिको जनविश्वास अझ मजबुत बनाएको स्थानीयको भनाइ छ।विशेषगरी नयाँ नेतृत्व सम्हालेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले समुदायसँग सहकार्य गर्दै सकारात्मक र जनमैत्री गतिविधिलाई प्राथमिकता दिन थालेका हुन ।सफा, सभ्य र सचेत समाज निर्माणका लागि प्रहरीको यस्ता कार्यहरु विभिन्न समयमा गर्दै आएको छ।