केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट, एकको मृत्यु

गोरखा । केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका(४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका ४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो ।
कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बेहुली लिएर र्फकँदा १७(१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको पनि एसपी रावलले बताए ।
घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ।