एमालेलाई होच्याउने, जिस्क्याउने र समाप्त पार्ने इच्छा मनबाटै हटाउनुस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई होच्याउने, जिस्क्याउने र समाप्त पार्ने चाहना मनैबाट हटाउन भनेका छन् । एमालेको ११औँ महाधिवेशनलाई शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्दै उनले एमालेलाई कमजोर नठान्न चेतावनी दिए ।

‘यो एउटा थोपा हो । एमालेलाई होच्याउने, जिस्क्याउने कसैले नगरोस् र समाप्त पार्ने इच्छा मनबाटै हटाइयोस्,’ ओलीले भने, ‘हामी लोकतन्त्रलाई बाटोमा ल्याउँछौँ । संसद पुनर्स्थापना गरेरै छोडिनेछ । संविधानलाई ट्र्याकमा ल्याएरै छोडिन्छ ।’